June 27, 2017

कांग्रेस सांसद डिल्ली चौधरीमाथि आक्रमण प्रयास

IMG_5329-300x183१३ असार , काठमाडाैं । कांग्रेस सांसद डिल्ली चौधरीमाथि आक्रमणको प्रयास भएको छ। तुलसीपुर १६ मा निधन भएका एक व्यक्तिको घरमा समवेदना दिनका लागि गएका सांसद चौधरीलाई त्यहाँ कुटपिटको प्रयास भएको थियो। सांसद चौधरीले आफू समवेदना प्रकट गर्नका लागि त्यहाँ गएको तर एमालेका स्थानीय कार्यकर्ताहरुले घेरा बन्दी गरेर आक्रमणको प्रयास गरेको बताए।

 उक्त घेराबाट उम्किएर तुलसीपुर आइपुगेका चौधरीले पत्रकार सम्मेलन गरेर आफू भाग्यले जोगिएर फर्किएको बताएका थिए। ‘मौन अवधिमा म प्रचारका लागि गएको थिइनँ, परिवारका सदस्यको निधनले शोकमा रहेको परिवारलाई समवेदन व्यक्त गर्न गएको हुँ,’ उनले भने, ‘मौन अवधिमा मृतकको घरपरिवारलाई समवेदन प्रकट गर्न जानु पनि अपराध हो?’

आफू सांसद भएकाले निर्वाचन आचारसंहितालाई कसरी पालना गर्नुपर्छ भन्ने हेक्का रहेको भन्दै उनले एमालेबाट निकै ज्यादतीपूर्ण व्यवहार गरिएको बताए। उनले आफूमाथि आक्रमणको प्रयास गर्नेहरुलाई कारबाही गर्न प्रशासनसँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी