कांग्रेस बैठकमा गुनासैगुनासाः कसले के भने ?

 
 

८ साउन, काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले गुनासैगुनासा राखेका छन् । संसद्को सबैभन्दा ठूलो पार्टी एमालेभन्दा पनि पछि पर्नुको कारणबारे नेताहरूले खुलेर छलफल गरेका छन् ।sher-bahadur-Dauba-and-Ramchandra-Paudel

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले ‘पहिलो र दोस्रो चरणको निर्वाचन भयो । हामी दोस्रो नम्बरमा आयौँ । यसको पनि समीक्षा गरौँ । २ नम्बर प्रदेशमा पनि निर्वाचन हुँदै छ, यसका लागि पनि पार्टीलाई कसरी प्रभावकारी ढंगले लैजाने भन्ने सुझाब दिनुस्’ भन्दै बैठकको सुरुवात गरे ।
नेता रामचन्द्र पौडेलले सुरुमै पहिलो र दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधेका थिए । ‘हामी पहिलो र दोस्रो चरणको निर्वाचनमा किन हार्यौँ । संविधानसभामा पहिलो भएको पार्टी किन पछि पर्यो,’ पौडेलले भने, ‘ठूलो पार्टी, संविधान जारी गरेको पार्टी किन डिफेन्सिभ भयो ? अफेसिन्भ किन हुन सकेनौँ ?’

नेता चन्द्र भण्डारीले भने – संविधान संशोधन नेपालको हितका निम्ति छ भनेर हामीले अघि बढायौँ, तर संशोधनलाई बुझेर वा नबुझेर अगाडि बढ्यौँ भन्ने बुझेनौँ । सबैबाट स्वीकार्य संविधान होस् भन्ने हाम्रो चाहना त भयो, तर यसलाई ‘जस्टिफाइ’ गर्न सकेनौँ । नागरिकता, सीमांकन र भाषाको विषयमा हामी प्रस्ट भएनौँ, तर एमालेले भारतीयलाई नागरिकता दिन खोजेको, सीमांकनमा पहाड एवं तराईलाई छुट्याउन खोजेको र हिन्दी भाषालाई पनि मान्यता दिन खोजेको भन्दै उल्टै हामीमाथि नै दोषी देखाएर प्रचार गरिदियो । भारतले नाकाबन्दी लगाएपछि जनताले दुःख पाए, तर यसलाई सम्बोधन गर्न सकेनौँ, क्षेत्र विभाजनमा गम्भीर भएनौँ ।

टिकट उल्ट्याउँदा पार्टी पराजित भएको गुनासो नेता मीन विश्वकर्माले राखेका थिए भने आइजिपी र न्यायालयको विवादले पार्टी हारेको निष्कर्ष रामकृष्ण यादवको थियो । नेता महेश आचार्यले अख्तियार प्रमुखमाथि एमाले र माओवादीले महाअभियोग ल्याए तर कांग्रेसमा अलमल देखिएकाले पनि पार्टीलाई क्षति पुगेको बताए । आइजिपी, राजदूत, प्रधानन्यायाधीश प्रकरणमा पनि पार्टी चुकेको उनको निष्कर्ष थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक