कांग्रेसले मलाई जेल हाल्ने कोसिस गर्‍यो : मोदी

 असोज ३१,काठमाडौं : निर्वाचन आयोगले गुजरात राज्यमा हुने निर्वाचनको मिति तय नगर्दै प्रचार प्रसारमा जुटेका भारतीय राजनीतिक दलहरुले एक–अर्काको उछित्तो काट्न सुरु गरेका छन् ।  

गुजरातको गान्धीनगरमा आयोजित ‘गुजरात गौरव यात्रा’ को समापन समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाहलाई ‘म्यान आफ द म्याच’ को संज्ञा दिँदै उत्तर प्रदेश लगायतका राज्यमा सम्पन्न विधान सभा चुनावमा पार्टीले पाएको सफलताको सम्पूर्ण श्रेय दिए । 

प्रधानमन्त्री मोदी सहभागी र्यालीलाई विपक्षी दलले पनि नजिकबाट नियालिरहेको थियो । कांग्रेस उपाध्यक्ष राहुल गान्धीले सोमबार बिहान ट्वीट गरे, ‘‘चुनाव अघि गुजरातमा ‘जुमलों’ को वर्षा हुने छ ।’’ समापन समारोहमा मोदीले पनि विपक्षी कांग्रेसलाई लक्षित गर्दै भने, ‘‘जब जब गुजरातमा चुनाव आउँछ, कांग्रेसलाई ज्वरो आउँछ । उसलाई बढी असहजता महशुस हुन्छ ।’’

प्रधानमन्त्री मोदीको भाषणका ७ महत्वपूर्ण बुँदाहरु 
१) देशलाई जुन कांग्रेसले ठूलाठूला नेता दियो । उनीहरुको भाषा यतिसम्म तल्लो स्तरमा जाला भनेर मैले कहिल्यै सोच्न सक्दैन । कांग्रेसको यस्तो हालत नेताहरुले सकारात्मक रुपले सोच्न बन्द गरेकाले भएको हो । 
२) कांग्रेस पार्टी र यसको परिवारको आँखामा सधै बिझ्ने गर्दछ । सरदार वल्लभभाइ पटेल र उनकी छोरी मनिभाइ पटेलमाथि कांग्रेस र परिवारले गरेको व्यवहारप्रति इतिहास साक्षी छ । म त्यसलाई फेरि दोहोर्याउन चाहन्न । 
३) कांग्रेसले मलाई जेल हाल्ने सोच बनाएको थियो । तर अमित शाहलाई जेल नहाल्दासम्म मोदीसम्म पुग्न सकिन्न भन्ने तय गर्यो । र आज यथार्थ सबै सामु छर्लङ्ग छ, तपाई कहाँ हुनुहुन्छ र हामी कहाँ छौं ? 
४) पण्डित नेहरुले सिलान्यास गरेको नर्मदा योजनाको परिकल्पना सरदार पटेलले गरेका कारण कांग्रेसले परियोजना पूरा हुन दिएन । 
५) कांग्रेस सधै विकासको मुद्दाबाट भागेको छ । कांग्रेस विकासका मुद्दा अघि सारेर चुनाव लडोस् भन्ने मेरो चाहना थियो तर उनीहरु जातिय र साम्प्रदायिक मुद्दा उचालेर जनतामाझ नकारात्मक सोच फैलाउन व्यस्त भए । कांग्रेससँग विकासका मुद्दा अघि सारेर चुनाव लाड्ने कहिल्यै हिम्मत भएन । 
६) उनीहरुलाई भाजपा, गुजरात, सरदार पटेल र जनसंघ मन पर्दैन । अहमदावादमा ज्योति संघ नाम गरेको एउटा संस्था सक्रिय छ । ५०–६० को दशकमा नेहरु यहाँ आउने गरेको मैले सुनेको छु । 
७) मैले सुनेको छु कि नेहरु ज्योति संघको कार्यक्रममा ज्योति संघ भन्न बिर्सन्थे र बारम्बार जनसंघ भन्थे । त्यो बेला जनसंघ बाल्य अवस्थामा थियो । उसको पालन पोषण भइरहेको थियो तरपनि नेहरु डरले काँप्थे । आज भाजपादेखि डराउनु स्वाभाविक 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल