कांग्रेसलाई हराउदै सहमतीय सरकारका लागि एमाले अघि

uml-sapath-7काठमाडौ, जेठ १४ – नेकपा एमालेले सहमतीय सरकार गठनका लागि पहल थाल्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयमध्ये चार दिन पुग्न लाग्दा पनि संसदको पहिलो दल नेपाली कांग्रेसले सहमतिका लागि कुनै पहल नगरेपछि एमालेले त्यसको अगुवाई गर्न लागेको हो ।
संविधानअनुसार राष्ट्रपतिले दिएको एक साताको समयमध्ये चार दिन वितिसकेको छ । योे समयमा संसदमा प्रतिनिधित्व गर्ने कुनैपनि दलहरुवीच एक पटक पनि सहमतीय सरकार गठनबारे औपचारिक रुपमा छलफल नै हुन सकेको छैन ।

स्थानीय निर्वाचनको सफलतासँगै नेपाली काँग्रेससँगको पूर्व सहमति अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार प्रधानमन्त्री पदबाट राजीनामा दिएको भोलिपल्ट राष्ट्रपतिले सहमतिय सरकारका लागि आव्हान गरेकी हुन् ।

नयाँ सरकार गठनका लागि सहमति जुटाउने जिम्मेवारी संसदमा रहेका सवैदलको उतिकै जिम्मेवारी भएपनि ठुलो दलको हैसियतले त्यसको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने केही राजनीतिक दलका नेता तथा विश्लेषकहरुको भनाई छ । ‘तर,कांग्रेसले चार दिनसम्म पनि त्यसको अगुवाइ गरेको देखिदैन, जसले गर्दा सहमतीय सरकार गठन हुने सम्भावना अत्यन्त न्युन रहेको छ ’राजनीतिक विश्लेषक निलाम्बर आचार्यको भनाई छ । विश्लेषक आचार्यका अनुसार सहमतीय सरकार गठन भए बाँकी स्थानीय तहको निर्वाचन, प्रदेश र केन्द्रको निर्वाचन गर्न समेत सजिलो हुनेछ ।

एमाले नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई पनि अहिले सहमतीय सरकारकै आवाश्यक्ता भएको बताउँछन् । सहमतिय सरकार आवाश्यक भएकाले आफ्नो पार्टीले त्यसैमा जोड दिएको उनको भनाई छ । भट्टराई भन्छन् –‘अव सवै दलहरुले पुराना तिक्तता र दम्भ छाड्नुपर्छ, नयाँ ढंगले जानुको विकल्प पनि छैन । आगामी माघ ७ भित्र प्रदेशसभा र केन्द्रको निर्वाचन गर्नुपर्ने भएका कारण पनि सहमतिबाटै अघि बढ्नुपर्ने भट्टराईको भनाई छ ।

राष्ट्रपति भण्डारीले दलहरुलाई सहमतीय सरकार गठनका लागि गत बिहीबार संविधानको धारा २ सय ९८ (२) अनुसार एक साताको समय दिई सरकार गठनको आव्हान गरेकी थिइन । राष्ट्रपतिले दिएको यो अवधिमा सहमतीय सरकार गठन नभए धारा २ सय ९८ कै (३) अनुसार राष्ट्रपतिले बहुमतीय प्रक्रियाबाट सरकार गठनका लागि पुन आव्हान गर्नुपर्ने हुन्छ ।

नेता भट्राइका अनुसार स्थानीय तहको पहिलो चरणको निर्वाचन परिणामले एमालेलाई सरकारको नेतृत्व गर्नुपर्छ भन्ने सन्देश दिएको छ । त्यसैले एमालेले त्यसका लागि आज या भोलिभित्र दलहरुवीच छलफल चलाउने छ ।

तर, कांग्रेस नेता रमेश लेखकले सहमतीका लागि एक चरणको प्रयास भएपनि प्याकेजमा धेरै विषयमा सहमति खोज्नुपर्ने भएकाले सहमतीय सरकार गठनको विषयले प्राथमिकता पाउन नसकेको बताए । उनले भने ‘ हामी सरकार गठनमात्र हैन, अरु महत्वपुर्ण विषयको पनि सहमति खोज्दैछौ त्यसैले त्यसमा सक्रियता नभएको जस्तोमात्र हो । तर पहल भइरहको छ ।’

यता एमाले अध्यक्ष केपी ओलीले आइतबार पोखरामा संचारकर्मीसँग कुरा गर्दै संक्रमणकाल लम्व्यउनुको साटो दोस्रो चरणको निर्वाचन अघि नै राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताएका छन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन पनि सरकारमा इमान्दार नेतृत्व आवाश्यक रहेको ओलीको दावी थियो ।
यद्यपी अ‍ोलीले माओवादी र कांग्रेसले त्यसका लागि प्रस्ताव ल्याउन ढिलाई गर्न नहुने बताए पनि एमालेलाई सरकारमा जान भने हतार नभएको प्रष्टिकरण दिए । उनले भने ‘ बरु हामीले सरकारले गर्ने काम गरिरहेका छौ, सहमतिको सरकार गठन गरौ भन्दा कांग्रेस झस्किन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न