कांग्रेसलाई यस्तो सकस, कारण मधेशी दल

nepali-congress

काठमाडौँ, ९ कात्तिक । मंसीर  १० गते हुने पहिलो चरणको लागि थोरै सिटमा राप्रपा(प्रजातान्त्रिक), राप्रपा, नयाँ शक्तिलगायतका दलसँग सहकार्य गरी उम्मेदवार चयन गरेको नेपाली कांग्रेसलाई २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन गर्न कठिन भइरहेको छ ।

यो निर्वाचनमा प्रमुख वामघटक एमाले र माओवादी केन्द्रलगायतका दलहरु सहकार्य गरी चुनावी मैदानमा होमिएपछि थप चुनौतीको सामना गरिरहेको कांग्रेसले तराई केन्द्रित दलहरुसँगको तालमेललाई निष्कर्षमा पुर्याउन सकेको छैन ।

विशेष गरी प्रदेश नम्बर २ मा राम्रो पकड भएको राजपा, संघीय समाजवादी फोरमसँग दोस्रो चरणको निर्वाचनमा चुनावी तालमेल गर्ने रणनीति बनाएको कांग्रेसलाई उनीहरुले माग गरेबमोजिम सिट दिन सकस भइरहेको छ ।

एक कांग्रेस नेताले भने,
-मधेसी दलले प्रदेश नम्बर २ मा मात्र प्रतिनिधिसभाा लागि २४ र प्रदेशसभाका लागि ४८ सिट माग गरेका छन् ।

-नेपाली कांग्रेस राजपा र फोरमलाई प्रतिनिधिसभाका लागि १४ र प्रदेशसभाका लागि ३० सिटसम्म दिन तयार छ ।

दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवारी मनोनयन गर्ने समय एक साता मात्र बाँकी छ ।  नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने