२१ असोज, काठमाडौं : प्रमुख विपक्षी नेकपा एमालेले वामपन्थी एकतालाई लिएर लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएको छ । साथै वाम एकतालाई देखाएर चुनाव नगर्ने खेलमा नलाग्न समेत सचेत गराएको छ ।
शनिबार धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले माओवादीसँग भएको सहमति ऐतिहासिक भएको निष्कर्ष निकालेको छ । र, सहमति कार्यान्वयन गर्न लचिलो हुने निर्णय लिएको छ ।
आफूहरुको सहमति कांग्रेसविरुद्ध नभएको भन्दै एमालेले अराजनीतिक टिपप्णी नगर्न आग्रह गरेको छ । बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘कतिपय पार्टी र नेताहरुको अभिव्यक्तिले उनीहरुभित्रको बेचैनी, अत्यासलाई अभिव्यक्त गरेको छ ।’ वाम एकता गर्ने आफूहरुको सहमतिलाई लोकतान्त्रमाथिको खतरा, अधिनायकवादको यात्रा, राजनीतिक अस्थिरता निम्त्याउने खेल भनेकोमा एमालेले आश्चर्य व्यक्त गरेको छ ।
सचिव ज्ञवालीले हचुवा र अराजनीतिक टिप्पणी नगर्न र लोकतन्त्रमाथिको निष्ठामा प्रश्न नउठाउन आग्रह गरे । उनले भने, ‘लोकतन्त्रप्रतिको निष्ठामाथि प्रश्न उठाउने गरी सर्वसत्तावाद/अधिनायकवाद आदि टिप्पणीलाई उनीहरुमा आएको हतासा र विचलनका रुपमा लिएका छौं ।’
एमालेले माओवादीसँगको एकता सरकार ढाल्नका नभएको र यही सरकारले चुनाव गराउने प्रष्ट पारेको छ । तर, वामपन्थी एकताको नाममा सरकार परिवर्तन र सरकार परिवर्तनको नाममा चुनाव सार्ने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिएको छ । निर्वाचन कार्यक्रम शुरु भइसकेको र निर्वाचन आयोगले चेतावनी दिइसकेकाले मन्त्रिपरिषद हेरेफर स्वीकार्य नहुने पनि एमालेले प्रष्ट पारेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।