कांग्रेसका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाईः माओवादी प्रवक्ता

२२ असार, काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले कांग्रेस भित्रको कलहले मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेको बताएकी छन् ।प्रवक्ता भुसालले काँग्रेस भित्रको गुट, उपगुटले मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्यामा पारेको बताइन् ।

उनले मन्त्रिमण्डल विस्तार हुन अझै हप्ता/दश दिन लाग्न सक्ने उल्लेख गरिन् ।बिहीबार भक्तपुरमा स्थानीय सञ्चारकर्मीमाझ कुरा गर्दै भुसालले मन्त्रिमण्डल विस्तारको विषयलाई लिएर कांग्रेसभित्र आन्तरिक कलह बढदै गएको बताइन् ।माओवादी प्रवक्ता भुसालले संवैधानिक व्यवस्था अनुसार आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताइन् । साथै आगामी असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी सहभागी हुने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक