कहाँ छन् अधिकारवादी ? बालकको शरिरमा युवा संघको टिसर्ट ?

uml-Newsनेपालगन्ज, १ चैत्र । तस्बिरमा देखिएका यी बालकहरु १० देखि १२ वर्ष उमेर समुहका हुन् । उनीहरुको शरिरमा भने एउटा प्रमुख राजनीतिक दलको युवा संघको टिसट लगाइएको छ । सुनबस–७ नवलपरासीका बालकहरुलाई आफू कुन कार्यक्रममा आएको हुँ भन्ने समेत हेक्का छैन । तर, नेकपा एमालेको अभियानमा आएका बालबालीका ठूलो भागदौडमा परे र भने उनीहरुको हालत के होला ?

आफ्नो राजनीतिक उद्देश्य पुर्तिको लागि जस्तो सुकै हर्कत गर्न लागि पर्ने दलहरुलाई बालबालिकाको भविष्यको के ख्याल होला र ? एमालेको मेचि महाकाली अभियानको क्रममा यसरी बालबालिका प्रयोग भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर, युवा संघकै टिसर्टमा बालबालीका प्रयोग भएको तस्बिर सार्वजनिक हुँदा समेत युवा संघ अध्यक्ष राजिव पहारी भने अस्विकार गर्छन् ।uml-using-children

 


‘म यो अभियानमा झापा देखि नै अभियानमा छु,’ पहारीले  भने,‘हाम्रो अभियानमा कुनै पनि बालबालीका प्रयोग भएका छैनन् ।’
सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक भएको विषय उठाएपछि भने उनी आफ्नो झूटबाट एक कदम पछि हटे । ‘हाम्रो अभियानमा बालबालीका आउँनुलाई नराम्रो मानिँदैन, बालबालीकाहरु स्वतस्फूर्त युवा संघको टिसर्ट लगाएर आएको हो ।’

तर, अभियानमा आएका एक बालकले भने आफूलाई आफ्नो अंकलले दवाब दिएर युवा संघको ड्रेस लगाउँन लगाएको बताए । ‘मेरो अंकल एमालेको नेता हुनुहुन्छ । उहाँले लाउ यो टिसर्ट लगाउ भनेर दिनु भयो,’ ती बालकले भने,‘मलाई पार्टी भनेको के हो थाहा त छैन ।’

केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले यसरी राजनीतिक गतिविधिमा बालबालीकाको प्रयोग गर्नु दुखत रहेको बताए । ‘कुनै पनि राजनीतिक गतिविधिमा बालबालीकाको प्रयोग हुँनु दुखद हो,’ उनले भने,‘एमाले जस्तो जिम्मेवार दलले यो गर्नु विलकुल गलत हो । हामी सम्बन्धित जिल्लाबाट रिपोर्ट बुझेर कारबाही गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू