August 29, 2020

कलेजो पूरै बिग्रिइसकेको थियो, वैज्ञानिकले शरीरभित्रै नयाँ कलेजो विकास गरे

अमेरिकी वैज्ञानिकहरुले कलेजो बिग्रिइसकेको शरीरभित्र नयाँ स्वस्थ कलेजो विकसित गर्ने काममा सफलता पाएका छन् । अहिले अनुसन्धानको क्रममा वैज्ञानिकहरुले सुँगुरको शरीरभित्र नयाँ स्वस्थ कलेजो विकसित गरेका हुन् । उनीहरुले यो सफलतासँगै अब मानिसको शरीरमा पनि यसैगरी नयाँ कलेजो विकसित गर्न सकिने बताएका छन् । पिट्सवर्ग युनिभसिर्टीका वैज्ञानिकहरुले ६ वटा सुँगुरहरुको लिम्फ नोडमा पूर्ण आकारको कलेजो विकसित गरेका हुन् । वैज्ञानिकहरुको यो अनुसन्धानको रिपोर्ट विश्वविद्यालयको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ।

वैज्ञानिकहरुका अनुसार अध्ययनका क्रममा जनावरको कुनै एक अंग कुनै रोगका कारण बिग्रिएमा पनि यो स्वस्थ हुने र शरीरले अर्को अंग विकसित गर्न सक्ने पाइएको बताएका छन् । वैज्ञानिकहरुका अनुसार कलेजोमा आफैंलाई विकसित गर्ने क्षमता हुन्छ । यसको सानो भाग मात्रै प्रत्यारोपण गरिएमा पनि यो विस्तारै विकसित भएर पूर्ण आकारको कलेजो बन्न सक्छ । शरीरमा रहेको लिम्फ नोडमा कलेजोका कोषिका विकसित गर्न सकिन्छ कोशिकाहरु किलेर संख्या बढाउनेछन् र पूरा कलेजो तयार हुनेछ ।

वैज्ञानिकहरुले यो अध्ययनको लागि कलेजोले काम गर्न छाडिसकेका ६ वटा सुँगुर छानेका थिए । अनुसन्धानको क्रममा वैज्ञानिकहरुले ती सुँगुरहरुको रक्त सञ्चारलाई डाइभर्ट गरे त्यसपछि शरीरमा भएको बिरामी कलेजोको कोषिकाको एउटा अंश लिए जसलाई हेप्याटोसाइट्स पनि भनिन्छ । यी कोषिकालाई सुँगुरको लिम्फ नोडमा प्रत्यारोपण गरियो । अनुसन्धान गर्ने वैज्ञानिक डा. एरिक लागेस भन्छन्, ‘यदि हेप्याटोसाइट्सलाई सही स्थानसम्म पुर्याइन्छ भने नयाँ कलेजो विकसित गर्न सक्छ । साधारणतया स–साना क्षति कलेजो आफैंले निको पार्छ ।’

वैज्ञानिकका अनुसार केही समयपछि सुँगुरमा विकसित भएको कलेजोको अध्ययन गरियो । अध्ययनमा नयाँ कलेजो पुरानो कलोजोभन्दा अलि ठूलो र धेरै विकसित थियो । यस्तै एक अनुसन्धान मुसामाथि पनि गरिएको थियो जुन सफल रह्यो । यो प्रयोग ठूला जनावरमाथि गर्नका लागि एक दशक लाग्यो । अनुसन्धान रिपोर्टमा बताइए अनुसार सुँगुरमा कलेजो बिग्रिँदा पनि लिम्फ नोडमा एउटा नयाँ कलेजो विकसित गर्न सकिने पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी