October 7, 2021

कम मन्त्रालय पाएको भन्दै नेकपा एसमा असन्तुष्टि

नेकपा एसमा मन्त्रालयको विषयमा नेताहरु बीचमा असन्तुष्टि बाहिरिएको छ । 

आज बसेको स्थायी कमिटिको बैठकमा मन्त्रालय कम पाएको भन्दै नेताहरुले असन्तुष्टि पोखेका छन् । स्थायी कमिटी सदस्य विरोध खतिवडाले बढी मन्त्रालय पाए आफ्नो दललाई सहज हुने बताए ।

बैठकले पार्टीमा असन्तुष्टि बढेपछि मन्त्रीहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । अहिले नेता नेपाल गठबन्धनको शीर्ष नेताहरुको बैठकमा भाग लिन सिंहदरवार पुगेका छन् । “अस्ति भएका निर्णयमा केही हेरफेर हुनसक्छ, आजको बैठकमा परिमार्जनसहित फाइनल हुन्छ,” उनले भने,“अलि बढी मन्त्रालय भएर बढी मानिसहरु अटाउन पाए नयाँ दललाई सहज हुन्थ्यो भन्ने हो।” 

यही विषयले गठबन्धनमा झगडा वा विवाद हुने स्थिति भने नभएको उनले बताए । 

आजको स्थायी कमिटी बैठकले  केन्द्रीय कमिटिको संख्या टुंगोमा पुर्‍याउने र ७७ जिल्लाको इन्चार्ज र विभागहरुको टुंगो लगाउने र कामको वाडफाड गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी