कमिसन घटाउन माग गर्दै धितोपत्र बोर्ड घेराउ

२०७७ मंसिर १९ शुक्रबार ,काठमाडौं । ब्रोकर कमिसन घटाउन माग गर्दै सेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन् ।  सेयर लगानीकर्ताहरुले शून्य दशमलब २५ प्रतिशत मात्रै ब्रोकर कमिसनको व्यवस्था गर्न माग गरेको छन् । नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, पुँजीबजार लगानीकर्ता संघ, पुँजीबजार संघ र सेयर लगानीकर्ता दबाब समूहले बोर्ड घेराउ गरेका हुन् ।

सरकारसँग भएको ब्रोकर कमिसन पुनरावलोकन गर्ने सम्झौता कार्यान्वयनमा लैजान उनीहरुले बोर्डको ध्यानाकर्षण गराएका हुन् ।  अर्थ मन्त्रालयसँगको सम्झौता लगत्तै बोर्डले कमिसन पुनरावलोकनका लागि अध्ययन गर्न गठित समितिले पनि प्रतिवेदन बुझाइ सकेको भन्ने जानकारी आएको भन्दै उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् । 

यस्तै सेयर धितो कर्जाको पुनरावलोकन गर्ने राष्ट्र बैंकको निर्णयमा पनि बोर्डमार्फत ध्यानाकर्षण गराएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा