February 21, 2017

कमल थापासँग चुनाव हारेका राणाले भने–‘नेतृत्वलाई सजग गराउँछु’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापासँग २ हजार ५ सय ५३ मतले पराजित प्रदीपविक्रम राणाले हिन्दु राष्ट्र र प्रजातन्त्रसहितको राजतन्त्रको सवालमा आफूले नेतृत्वलाई सजग गराइरहने बताएका छन्।

लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनीजस्ता दिग्गज नेताहरूले मैदान छोडेपछि अप्रत्याशित रुपमा कमल थापाविरूद्ध अध्यक्ष पदमा उम्मेदवारी दिएका राणाको चर्चा अहिले पार्टी भित्र चुलिएको छ।

हिजोसम्म कसैले नचिनेका काठमाडौं क्षेत्र नम्बर ७ का अध्यक्ष राणाले पार्टीको अध्यक्ष पदमा ल्याएको २ सय ५१ मतलाई लिएर पार्टीभित्रका दिग्गज नेताहरू पनि चकित परेका छन्। पार्टीको केन्द्रियस्तरका नेताहरूले यस निर्वाचनमा एक महिनादेखि नै चुनावी अभियानलाई तीब्र बनाएका थिए। उनीहरू ४ दिनअगाडि देखि निर्वाचन क्षेत्रमा आफ्नो पम्प्लेट र प्रचार–प्रसार गर्न व्यस्त थिए।

तर, निर्वाचन अगाडिसम्म कुनै प्रचार–प्रसार नगरेका र एउटा पम्प्लेट पनि नटाँसेका राणाप्रतिको आकर्षणलाई लिएर पार्टी भित्र खैलाबैला मच्चिएको छ। ‘हामीले कल्पना पनि गरेका थिएनौ। पार्टीका तीन दिग्गज नेताले सर्वसहमती गरेको अवस्थामा पनि उनले यति मत ल्याउँछन भनेर’, केन्द्रिय सदस्यका एक प्रत्यासीले सेतोपाटीसँग भने।

राणाले अध्यक्ष पदमा थापासँग पराजित भएपछि भने–‘मेरो काम अब पार्टीको विचारधारालाई व्यवहारिकरूपमा प्रजातन्त्रसहितको राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने दिशातर्फ अग्रसर हुनेछ।’ उनले सेतोपाटीसँग छोटो कुराकानी गर्दै ५ विकाश क्षेत्रलाई ५ संघीय प्रदेश बनाउनु पर्ने, त्यो भन्दा थप्न नहुने एजेन्डालाई पार्टीभित्र जोडदार रुपमा उठाउने बताए।

राणाले प्रजातान्त्रिक अभ्यासमा आफू हारेकोमा यसलाई सहजरुपमा लिएको बताए। ‘मेरो अबको खबरदारी पार्टीको एजेन्डा लागु गराउनेमा केन्द्रित हुनेछ।’

राप्रपाको सोमबार सकिएको अध्यक्ष पदको निर्वाचनमा ३ हजार १ सय २६ मत खसेको थियो। जसमा ८१ मत बदर भएको थियो। निर्वाचनमा अध्यक्षका प्रत्यासी कमल थापाले २ हजार ८ सय ४ मत ल्याएर विजयी भएका थिए। राणाले २ सय ५१ मत ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत