कमल थापाको चलाखीपूर्ण ड्राइभ : दुर्घटनाबाट बचाउलान् पार्टी ?

kamal-thapa-2_kfDLU6A4wZअसार ३०, काठमाडौं–  संशोधन प्रस्तावको विपक्षमा रहेका राप्रपाका केहि सांसदले  पार्टी फुटाउनेसम्मको रणनीति तयार गरिरहेको बेला त्यसलाई रोक्न संस्थापन सक्रियतापूर्वक  लागिपरेको छ । 
 त्यसका लागि संस्थापनले असन्तुष्टसँग  छुट्टाछुट्टै छलफलदेखि केन्द्रीय सदस्य मनोनयन सम्मका कार्य अघि बढाएको छ ।  असन्तुष्टलाई सहमतिमा ल्याउन अध्यक्ष कमल थापा सहित उनी खेमाका नेताहरुले तीब्र रुपमा पहल गरिरहेका हुन् ।  ‘बलियो राष्ट्रवादी शक्ति निर्माणको लागि एकता भएको पार्टीमा विभाजन  कुनै पनि हालतमा हुनु हुँदैन’, संस्थापन पक्षीय एक शीर्ष नेताले रातोपाटीसँग भने, ‘त्यसका लागि असन्तुष्टलाई मनाउन छलफल चलिरहेको छ ।’
यद्यपी असन्तुष्ट समूहले संशोधन प्रस्तावमा नसघाउने संस्थापनाको प्रतिबद्धता नआएसम्म र कमल थापाको कार्यशैली नसच्चिएसम्म सहमतिमा आउन नसक्ने संकेत गरेको छ ।  असन्तुष्टले समानान्तर रुपमा केहि दिनयता भेला र बैठक गर्दै पार्टी फुटाउनेसम्मको नीति अख्तियार गरेसँगै  अध्यक्ष कमल थापाले बिहिबार ४२ केन्द्रीय  सदस्य मनोनयन गरेका छन् । 
 स्रोतका अनुसार  थापाले वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापासहित बसन्तमान  सिंह अधिकारी, किरण गिरी, इन्द्र चित्रकार,  जयकुमार खड्का, रवीन चाम्लिङलगायत ४२ नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।   यद्यपी राप्रपाले औपचारिक रुपमा  विश्वबन्धु थापालाई मात्रै केन्द्रीय सदस्यमा मनोनयन गरेको बाहिर ल्याएको छ ।  राप्रपाले बिहिबार सार्वजनिक गरेको  थापालाई मनोनय गरिएको  उल्लेख गरिएको छ ।  
राप्रपाले मनोनयन गरेको विषयलाई गोप्य राख्न चाहेको छ । राप्रपा  प्रवक्ता सुशील श्रेष्ठलाई यसविषयमा बुझ्न सम्पर्क गर्दा सम्पर्कमा आएनन् भने सम्पर्कमा आएका महामन्त्री जयन्त चन्द र  सहायक महामन्त्री राजाराम बर्तौलाले केहि बोल्न चाहेनन् । 
मनोनयन किन गोप्य राख्यो राप्रपाले ?
राप्रपाका असन्तुष्ट १५ बढी सांसद पार्टी फुटाउने उद्देश्यका साथ निरन्तर छलफलमा रहेका छन् ।  उनीहरुले ६०–४० को केन्द्रीय सदस्य पुर्याएर निर्वाचन आयोगमा छुट्टै पार्टी दर्ता गर्नेसम्मको तयारी गरेको सुइँको पाएसँगै  थापाले सो योजना असफल पार्न   केन्द्रीय सदस्य मनोनयन गरेका हुन् । 
 राजनीतिक दल दर्ता सम्बन्धी ऐनमा कुनै पार्टी फुटेर निर्वाचन आयोगमा गएको खण्डमा ४० प्रतिशत केन्द्रीय सदस्य पुर्याउनु पर्ने व्यवस्था रहेको छ ।  

राप्रपाको महाधिवशेनबाट  ९८ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने  महाधिवेशनलगत्तै थप १५ जना मनोनयन गरेर केन्द्रीय समिति ११३ सदस्सीय बनेको थियो ।  

राप्रपाको विधानमा १६३ सदस्सीय केन्द्रीय सदस्य हुने व्यवस्था रहेकोमा अब ५० केन्द्रीय सदस्य बाँकी रहेको अवस्थामा बिहिबार  ४२ केन्द्रीय सदस्य मनोनयन गरेसँगै समितिले लगभग पूर्णता पाउने देखिएको छ । स्रोतका अनुसार थापाले  आजभोलिसम्मा पूरै सदस्य मनोनयन गर्ने तयारी गरेका  छन् ।   केन्द्रीय सदस्यले पूर्णता पाएको अवस्थामा असन्तुष्टले पार्टी विभाजन नै गर्न चाहेमा ६६  सदस्य पुर्याउनु पर्ने हुन्छ । तर, असन्तुष्टको पक्षलाई सो संख्याको सदस्य पुर्याउन  सकस रहेको बताइएको छ ।  असन्तुष्ट पक्षका एक नेताले जनाएअनुसार अहिले उनीहरुको पक्षमा ४० सदस्य मात्रै रहेका छन् ।  

असन्तुष्ट समूहमा को–को ? 
अध्यक्ष कमल थापाको निर्णयविरुद्ध गत जेठ १७ गतेबाटै राप्रपाका सांसद रामकुमार सुव्वाको नेतृत्वमा सुरु भएको मोर्चाबन्दीमा विराज विष्ट, रेशम लामा, रमेश तामाङ, सयन्द्र बान्तावा, सीता लुइँटेल, गीता सिंह, लक्ष्मी थापा पासवान, राज्यलक्ष्मी श्रेष्ठ, बबिता लावती मोक्तान लगायत छन् । यीमध्ये केही पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा चलेको आरोप राप्रपा संस्थापन पक्षको छ । 
यसो त दर्जनबढी सांसदसहितको असन्तुष्ट समूहलाई एकीकृत  राप्रपा राष्ट्रवादीका नेता  प्रकाशचन्द्र लोहनीसहित राप्रपाकै नेता पशुपति समशेर राणा, दिपक बोहोरा, बुद्धिमान तामाङलगायतको समेत समर्थन रहेको दाबी गरिएको छ ।  

यसैवीच राप्रपाका अध्यक्ष कमल थापाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै बरिष्ठ नेता पशुपति शंसेर राणाले थापालाई पार्टी डिजास्टरको मोडमा पुगेको बताएका छन् ।
राणाले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय तहका कुनैपनि नेताहरुसँग कुनै छलफल नै नगरी ४२ जना केन्द्रीय सदस्यको मनोनय गरेको भन्दै आपत्ति जनाएका हुन् । 
नेता राणाले साउन ४ गते केन्द्रीय समिति बैठक बोलाएको अवस्थामा पार्टीको मुल्य मान्यता र सिद्धान्तविपरित त्यसअगावै पार्टीलाई एकल विर्ता बनाउने गरी केन्द्रीय समिति विस्तार गरेको जनाएका छन् । पार्टी एकीकरणपछि राणाले पहिलो पटक यस्तो कडा विज्ञप्ति निकालेका हुन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने