कपिलसँग अभिनय गर्न नायिकाले गरे इन्कार

kapil-sharma-filmykhabarभारतिय कमेडियन कपिल शर्माले २ अप्रिलमा आफ्नो ३६औँ जन्मदिन सेलिब्रेट गरे । यसपाली उनको जन्मदिन भन्दा बढि सहकर्मी साथी सुनिल ग्रोवरसँगको विवादको चर्चा धेरै रह्यो ।
भनिएअनुसार कपिलले मद्यपान गरी सुनिलमाथी हातपात समेत गरेका थिए । यो बिषयलाई लिएर कपिलले निकै सास्ती ब्यहोर्नु परिरहेको छ ।

यसैबीच आज हामी तपाईँलाई कपिल शर्माका केहि चर्चित विवादहरुबारे जानकारी दिँदैछौँस्

१. रक्सी पिएर अभिनेत्रीसँग दुर्व्यबहारस्

यो प्रसंग इन्टरनेशनल मराठी फिल्म फेस्टिभल अवार्ड्स २०१५ को समयको हो । भारतिय सञ्चार माध्यमका अनुसार उक्त इभेन्टमा कपिलले निकै रक्सी पिएका थिए । सिंगर-एक्ट्रेस मोनाली ठाकुर, तनिषा मुखर्जी र अन्य महिला पाहुनाहरुसँग उनि सँगै बसेर दुर्व्यबहार गरेका थिए । खबर यो सम्म छ की त्यहि कार्यक्रममा कपिलकी पूर्व प्रेमिका प्रीति सिमोस समेत उनको दुर्व्यवहारको शिकार भएकी थिइन् । उनले कार्यक्रम बीचमा नै छोडेर हिँडेकी थिइन् ।

२. कलर्ससँग विवाद

कपिलको पुरानो शो ‘कमेडी नाइट्स विद कपिल’ अफ एयर हुनु अगाडी नै थुप्रै विवादले घेरिएको थियो । त्यो बेला च्यानल र कपिल बीच निकै खिचातानी भएको थियो । त्यसपछि च्यानलले कार्यक्रम नै बन्द गर्‍यो । आज पनि उक्त शो बन्द हुनुमा कपिल र कलर्स दुवैले एक अर्कालाई दोषी मान्छन् ।

३. सनी लियोनीलाई शो मा बोलाउन इन्कार

२०१४ मा कपिलले अभिनेत्री सनी लियोनीलाई आफ्नो शो मा बोलाउन इन्कार गरेका थिए किनकी उनि पोर्न स्टार थिइन् । सनी कपिलको शो मा त्यो समयमा फिल्म ‘ज्याकपट’को प्रमोशनको लागि आउन चाहन्थिन् । यो पहिलो पटक थिएन उहि साल सनी एकता कपूरको साथ फिल्म ‘रागिनी एमएमएस-२’को प्रमोशनका लागो शो मा जान चाहन्थिन् । त्यतिबेला पनि कपिलले इन्कार गरेका थिए । तर पछि ‘एक पहेली लीला’को प्रमोशनको लागि कपिलले आफ्नो शो मा बोलाएका थिए ।

४. निराश भएर सुनील ग्रोवरले छोडेका थिए शो

सुनील ग्रोवरले नोभेम्बर २०१३ मा ‘कमेडी नाइट्स विद कपिल’ छोडेका थिए । बताईअनुसार त्यो समयमा शो का निर्माता तथा सञ्चालक कपिलसँग विवाद भएको थियो । त्यो समयमा सुनिलले कपिललाई आफ्नो साथी सम्झेर माफी गरेका थिए । पछि आएका खबरमा सुनिलले निभाउँदै आएको पात्र ‘गुत्थी’ चर्चित भएपछि कपिल बराबरको पैसा सुनिलले मागेका थिए । यद्यपी सुनिलले पैसाको कारण नभई सम्झौता सकिएकोले शो छोडेको बताएका थिए । जुलाई २०१४ मा पुनस् सुनील उक्त शो मा फर्केका थिए ।

५. गर्भवती महिलालाई बनाए मजाक

खबरका अनुसार ‘कमेडी नाइट्स‘’ त्यो समयमा पनि विवादमा आएका थिए जतिबेला एक एपिसोडमा कपिलले गर्भवती महिलाको मजाक उडाएका थिए । भारतिय महिला संगठनसँग माफी मागेपछि विवाद साम्य भएको थियो ।

६. ‘बैंक चोर’बाट निकालिएको थियो कपिललाई

कपिल त्यो समय चर्चाको विषय बने, जब यशराज प्रोडक्शनको फिल्म ‘बैंक चोर’का लागि उनलाई साइन गरियो । तर, केहि समयमा नै उनले फिल्म छोडेको खबर आयो । कपिलले आफुले छोडेको बताए पनि कुनै पनि नायिकाले कपिलसँग काम गर्न नमानेको बताईन्छ । कपिलले भने आफुलाई फिल्म या शो रोज्न भनिएकोमा आफुले शो रोजेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं