कपिलको शोमा फर्कने भए डा. गुलाटी

sunil_kapil

कपिल शर्मा र सुनिल ग्रोभरबीचको झगडाको प्रत्यक्ष असर सोनी च्यानलको ‘टीआरपी’मा परिरहेको देखिन्छ । सुनिलले शो छोडपछि कपिलले ‘द कपिल शर्मा शो’को तीन श्रृंखला प्रसारण गरेका थिए । यी श्रृंखलामा दर्शकहरु रुष्ट देखिए र च्यानलको टीआरपीमा नराम्रो प्रभाव पर्यो ।

 

तर, अब सुनिलका फ्यानका लागि खुशीको खबर आएको छ । आगामी दुई श्रृंखलापछि सुनिल ग्रोभर शोमा फर्कन सक्ने सोनी च्यानल बताएको छ । हिजोआज, सुनिल बिदा मनाइरहेका छन् । झगडा हुन अघिबाटै सुनिलले आफ्नो व्यक्तिगत शोका लागि बिदा मागेको बताइएको छ ।

त्यस्तै, सुनिलबिनै ४ वटा श्रृंखला सुट गरिने तय भइसकेको थियो । सुनिल बिदाका दिनहरुमा आफ्नो व्यक्तिगत शोहरुमा व्यस्त रहे । खबरलाई मान्ने हो भने, ७,८,११ र १२ एप्रिललाई शोको सुटिङ मिति तय गरिएको छ । यता कपिल पनि आफ्नो फिल्म ‘फिरंगी’मा व्यस्त थिए ।

यसै महिनाको अन्त्यबाट सुनिल पनि शोमा फर्कने छन् । तर, सुनलको पुनःआगमनका लागि सोनी च्यानलले केही महंगो मुल्य चुकाउँने बताइएको छ अर्थात् सुनिल आफ्नो पारिश्रमिक बढाएर मात्रै कपिलको शोमा फर्कने छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं