२ फागुन, काठमाडौं । माओवादीले ‘जनयुद्ध’ दिवस मनाइरहेकै बेला उनीहरूबाट पीडित नागरिकले शोक दिवस मनाएका छन् । माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र द्वन्द्वबाट पीडितले शोक दिवस मनाएका हुन् ।
नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङको नेतृत्वमा रहेको द्वन्द्वपीडित राष्ट्रिय समाजको आयोजनामा पीडितले फागुन १ लाई शोक दिवसका रुपमा मनाएका हुन् । पीडितले सिंहदरबार दक्षिण गेटमा दुई घन्टा धर्ना दिँदै न्याय दिन मागेका थिए । अमर प्रहरी सहिद परिवारसँग मिलेर नेपाली कांग्रेसनिकट पीडितले यस्तो कार्यक्रम गरेका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।
धर्नापछि उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर १२ बुदे ज्ञापनपत्र बुझाए। सरकार, राजनीतिक दल, नागरिक समाज, मानवअधिकारवादी संघसंस्था, सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलगायतको ध्यानाकर्षण गराउँदै १२ बुँदे ज्ञापनपत्र बुझाइएको पीडितले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
द्वन्द्वसँग सरोकार नभएका व्यक्ति पनि पीडित बनेको, दण्डहीनता र कानुन हातमा लिने प्रचलन विकास भएको, पीडक पुरस्कृत र पीडित दण्डित हुने उल्टो चक्र विजारोपण भएको विज्ञप्तिमा उल्लेख छ।
ज्ञापनपत्र बुझ्दै सभापति देउवाले सबै पीडितले न्याय पाउनेमा आफू ढुक्क भएको बताए । न्याय दिनकै लागि गठन भएका सत्यनिरुपण र बेपत्ता छानबिन आयोगले सर्वोच्चको आदेश अनुसार ऐन संशोधन भएपछि तीव्र गतिमा पीडितका पक्षमा काम गर्ने आवश्वास देउवाले उनीहरूलाई दिएका थिए।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने