April 2, 2020

कतारमा ८० प्रतिशत कामदारलाई घरबाटै काममा लगाइने, काम गर्ने समय घटाइयो

कतारमा अब निजी क्षेत्रमा कार्यरत कामदारहरुलाई पनि घरबाटै काम लगाइने भएको छ । कतार रकारले निजी क्षेत्रलाई आफ्ना कूल कामदारको ८० प्रतिशत कामदारलाई घरबाटै काम लगाउन निर्देशन दिएको हो । बुधबार प्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजीज अलथानीको अध्यक्षतामा  बसेको मन्त्रीस्तरीय बैठकले यो निर्णय गरेको हो। मन्त्रिपरिषदको बैठकले आज बिहीबारबाट लागू हुने गरी यस्तो निर्देशन दिएको कतारको सरकारी समाचार एजेन्सी क्यूएनएले जनाएकाे छ ।

यो निर्णय अहिलेका लागि २ हप्तासम्म लागू हुनेछ र आवश्यक परेको अवस्थामा अवधि थप गरिनेछ । यो निर्णय केही विशेष क्षेत्रहरुमा भने लागू हुने छैन । सैन्य र सुरक्षा, विदेश मन्त्रालय र कूटनैतिक मिशन, स्वास्थ्य सेवा, तेल र ग्यास र केही विशेष परियोजनामा कार्यरत सरकारी कर्मचारीको हकमा भने यो लागू हुने छैन ।

दिनमा काम गर्ने समय पनि घटाएर बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म ६ घण्टा बनाइएको छ । किराना पसल र औषधी पसल तथा रेष्टुरेण्टको हकमा भने यो समय लागू हुने छैन । घर सरसफाइ सेवा स्थगित गरिएको छ । बसबाट ओसारिने यात्रुको संख्या आधा बनाइएको छ ।

त्यस्तै सनैया क्षेत्रको लकडाउनको समयअवधि समेत बढाइएको छ । कतारी प्रशासनले कोरोना फैलिने सम्भावित जोखिमलाई मध्यनजर गर्दे सनैयाको सडक नम्बर १ देखि ३२ सम्मको क्षेत्रलाई गत मार्च १७ तारिखदेखि सिल गरेको थियो। यो क्षेत्र उल्लेख्य नेपाली कामदारहरुको बस्ने ठाउँ हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी