कञ्चनपुरमा उच्च ज्वरो देखिएका ४ जनाको मृत्यु

महेन्द्रनगर, भदौ ११: कञ्चनपुरमा उच्च ज्वरो देखिएका चार बिरामीको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिकाका उच्च ज्वरो देखिएका चार बिरामीको मृत्यु भएको हो।

दुई साताको अवधिमा उच्च ज्वरो देखिएका चार जनाको मृत्यु भएको महाकाली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जय बहादुर महराले बताए। ज्वरो आएपछि उपचारका लागि दोधारा–चाँदनी प्राथमिक स्वास्थ्य केन्द्र आएका ६ जनालाई अन्यत्र रेफर गरिएको थियो।

अन्यत्र अस्पताल रेफर भएकामध्ये चार जनाको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख महराले बताए। 

उनका अनुसार उच्चज्वरो देखिएपछि रेफर गरिएका महाकाली नगरपालिका–६ की १३ वर्षीया पुजा बोगटी, वडानम्बर ५ का ६५ वर्षीय गम्भीर भण्डारी, वडानम्बर ४ का २१ वर्षीय प्रेम चन्द र वडा नम्बर १ का १५ वर्षीय पंकज चन्दको उच्च ज्वरोका कारण मृत्यु भएको हो।

कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिए पनि दोधारा–चाँदनीस्थित अस्पताल पुगेका बिरामीको संक्रमण परीक्षणका लागि स्वाब भने नलिएको खुलेको छ। 

कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन पर्ने हुन्छ।

यद्यपी उनीहरुको स्वाब भने संकलन नगरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए।

‘उच्चज्वरो कोरोना भाइरसको लक्षण भए पनि अन्य लक्षण भने कोरोना भाईरससंग नमिलेका कारण स्वाब लिएनौँ। अहिले उहाँहरुको अन्त्यष्टी भइसकेको छ,’ उनले भने, ‘मृतकमध्ये एक जनामा मस्तिष्क ज्वरो पुष्टि भएकाले पनि स्वाब नलिइएको हो।’

यता स्वास्थ्य कार्यालय कञ्चनपुरले भने उच्चज्वरो देखिएपछि कोरोनाको आशंका हुने भएकाले स्वाब संकलन गरेर परीक्षण गर्नु पर्ने बताएको छ।

‘त्यस्तो अवस्थामा कोरोनाको आशंका हुन्छ। स्वाब संकलन गर्नु पथ्र्यो,’ स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले भने, ‘शंकास्पद बिरामी आए स्वाब लिन निर्देशन दिएका छौँ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी