कक्षा १२ को परीक्षा साउन ३१ बाट

काठमाडौंँ, साउन ६ गते । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन ३१ गतेबाट सुरु गरिने भएको छ । परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुनेछ । मङ्गलबार बसेको बोर्डको बैठकले परीक्षाको कार्यतालिकालाई स्वीकृत गरेको छ ।
बोर्डका अनुसार परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीलाई विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न ९सीसीएमसी०सित अनुमति मागेको थियो । बोर्डले जारी गरेको एक सूचनाअनुसार सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र पर्ने गरी विद्यार्थीले परीक्षा लिन पाउने व्यवस्था गरिएको छ ।
विद्यार्थीलाई सामाजिक दूरी कायम गराउने तथा स्वास्थ्य मापदण्डको समेत पालना गरेर परीक्षा लिइने जानकारी बोर्डले दिएको छ । कोरोना सङ्क्रमण बढेपछि गत जेठ २६ गतेबाट सुरु गर्ने योजना रहेको कक्षा १२ को अन्तिम वार्षिक परीक्षा सरकारले रोक्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा