ओली : एमाले ठूलो पार्टी भइसक्यो

२९ असोज, भक्तपुर : नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध फैलाइएको भ्रम र झुटको खेतीलाई एमालेले चिरेर अगाडि बढ्ने बताएका छन ।

बालकोटस्थित आफ्नै निवासमा राप्रपाका नेता एवं निवर्तमान उपसभामुख गंगाप्रसाद यादवलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले तराईमा एमालेविरुद्ध छर्न खोजिएको भ्रमलाई चिरेर अगाडि बढ्ने बताएका हुन ।

नेता ओलीले भने, “संसद् नभएको अवस्थामा आजको दिनबाट स्थानीय तहको निर्वाचनमा मतपरिणामको हिसाबले एमाले देशको सबैभन्दा ठूलो पार्टी भइसक्यो ।”

आफू प्रधानमन्त्री हुँदा तराईको शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ, सडक, घर हस्तान्तरण जस्ता विकासका काम शुरु गरे पनि त्यसपछिको सरकारले ती कार्यक्रमलाई अलपत्र पारेको उनको आरोप थियो ।

एमाले, नेकपा(माओवादी केन्द्र) र राप्रपा गठबन्धनबाट उपसभामुख भएका यादवले आजदेखि आफू एमाले भएको बताए । यादवले भने,“मैले मेरो पूर्वपार्टीका अध्यक्ष कमल थापालाई उपसभामुख रहुञ्जेल नैतिकताका आधारमा पार्टी छाड्न मिल्दैन भनेको थिएँ, त्यसैले निवर्तमान भएकै भोलिपल्ट एमाले प्रवेश गरेको हुँ, ओली नेतृत्वको सरकारले गरेको काम र हिमाल, पहाड तराईलाई जोड्ने ओलीको सोचले नै एमालेमा समाहित भएको हुँ ।”

कार्यक्रममा चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य दलबहादुर बस्नेत पनि एमाले प्रवेश गरेका थिए । यादव र बस्नेतलाई एमाले महासचिव ईश्वर पोखरेल र एमाले संसदीय दलका नेता सुवास नेम्वाङलगायतले टीका र खादा ओढाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी