ओलीले तोके पार्टी एकताको ‘टामइलाइन

 kp_oli_MpOzqtVV1e (1)

मंसिर २५, २०७४

ओलीको जवाफ छ, ‘सरकार तुरुन्त आइहाल्यो नि । एकताका लागि केही समय लाग्छ । करिव तीन महिना जति ।’

ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष बन्न सक्ने अडकलवाजीलाई जोडेर सोधिएको ‘पार्टी अध्यक्ष एउटा र प्रधानमन्त्री अर्को बन्ने हो ?’ भन्ने प्रश्नमा ओलीको जवाफ छ, ‘हामीबीच त्यस्तो समझदारी भएको छैन। यो एकरदुई नेताले निर्णय गर्ने विषय पनि होइन। पार्टी एकता भएपछि सबै यसको हकदार हुन्छन्। एकता हुनुभन्दा अगाडि यो कुरा गरियो भने समस्या पैदा गर्छ। त्यसैले हामीले त्यसको चर्चा गर्दैनौं। अर्को अध्यक्ष हुनुपर्‍यो भने दुई पार्टी राखे भइहाल्यो किन एकता गर्नुपर्‍यो र हामीले अध्यक्ष होइन, एकता खोजेका हौं। पदको कुरै होइन। मिलेर देशलाई अगाडि बढाउन खोजेका हौं। जे आवश्यकता पर्छ पछि छलफलबाट त्यो गर्छौं।’
ओलीले प्रचण्ड राष्ट्रपति बन्न सक्ने सम्भावना पनि देखाएका छन् । ‘तपाइँ प्रधानमन्त्री, पुष्पकमल दाहाल राष्ट्रपति र अध्यक्ष एमालेको अर्को कोही नेता हुने सम्भावना छ कि ?’

ओलीको जवाफ छ, ‘राजनीतिमा सम्भावना रहन्छ। त्यसलाई नकार्न सकिन्न। एउटैले सबै पद लिन मिल्दैन। सम्बन्धित र सान्दर्भिक पद मात्रै लिइन्छ। अहिले पार्टी अध्यक्षको प्रश्न महाधिवेशनमा आउला। एकीकरणमा आउला। पार्टी एकीकरणमा अध्यक्षको विषय गौण हो। प्रधानमन्त्री पार्टी अध्यक्षसँग जोडिएको विषय हो र ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका