ओलिले संसदमै बोले अर्को ठूलो झुट

kp-oli-samsad२३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरमा मतपत्र च्यात्ने कामलाई भारत र श्रीलंकाबीच १९९६ मा भारतको कोलकातामा भएको विश्वकप क्रिकेटको सेमिफाइनलसँग तुलना गरे ।

उनले राम्रो उदाहरण पेश गर्न खोजेका थिए तर उनी तथ्यमै चिप्लिए । उनले के बोले र उक्त खेलको वास्तविकता के थियो, यहाँ हेर्न सकिन्छ । भारत र श्रीलंकाको क्रिकेटको उदाहरणमा यसरी चिप्लिए ओली

वास्ताविकतामा यसरी चिप्लिएका ओलिले  संसदमा अर्को पनि ठूलो झुट बोलेको पुष्टि भएको छ । प्रधानन्यायाधीश शुसीला कार्की विरुद्ध सरकारमा रहेका दलहरुबाटै अनिवार्य अवकास लिनुभन्दा एक महिना अघि नै महाअभियोग लगाएको भनेर आक्रोशित भएका ओलीले अवकास लिनुभन्दा एकदिन अघि प्रधानन्यायाधीश कार्कीको पेन्सन पट्टा रोक्ने काम अर्थमन्त्रालयले गरेको भन्दै आक्रोस पोखे ।

ओलिले कार्कीको पेन्सन पट्टा बनाउने काम अर्थमन्त्रलयले रोकेको भनेर आक्रोस पोख्दै लामो समय खर्चे । तर पहिलो कुरा त पेन्सन पट्टा बनाउने जिम्मेवार निकाय अर्थमन्त्रालय थिएन भने दोस्रो कुरा अवकास पाउनु अघि नै आजै उनको पेन्सन पट्टा बनिसकेको छ ।

ओलिले पटक पटक संसदमै रहेका अर्थमन्त्री कृष्णबहादुर महरालाई त्यसरी पेन्सन पट्टा रोक्नुको कारण सोधे । त्यसको जवाफ भावि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले दिने प्रयास त गरेका थिए तर प्रयाप्त थिएन ।

देउवाले एमालेले संसद अवरोध गरेका कारण समयमा महाभियोग प्रस्ताव फिर्ता हुन नसक्दा प्रधानन्यायाधीश सुशीला कार्कीको पेन्सनपट्टा बन्न अवरोध भएको बताए । तर त्यो पनि मिलेन ।

अर्थमन्त्रालयले यो विषय आफूहरुसँग सम्बन्धित नै नभएको स्पष्ट पारेको छ । अर्थमन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले पेन्सन पट्टा बनाउने काम अर्थमन्त्रालयको नभएको बताए ।

निजामती कर्मचारीको पेन्सन पट्टा बनाउने काम निजामति किताव खानाको हो । निजामति किताव खानाका महानिर्देश केशवप्रसाद आचार्यले पेन्सन पट्टा बनिसकेको पुष्टि गरे । नेपाली हेडलाइन्ससँग महानिर्देशक आचार्यले भने, ‘मैले मेरै हातले हस्ताक्षर गरेको हुँ । प्रधानन्यायाधीश ज्यूका पेन्सन पट्टा बनिसकेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने