ओमनमा नेपाली महिला बेच्ने गिरोह सक्रिय, मूल्य एक लाख ३० हजार

१६ वैशाख ,काठमाडौं – वैदेशिक रोजगारको प्रलोभनमा पारेर नेपाली युवतीलाई एक लाखभन्दा बढी रुपैयाँ दिई बिक्री गर्ने गिरोहका चार सदस्य पक्राउ परेका छन् । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्ली हुँदै नेपाली युवतीलाई ओमन पुर्याएर बिक्री गरेको अभियोगमा तोकबहादुर तामाङ, मेदनीप्रसाद प्रसाईं र निमा लामालाई पक्राउ गरेको हो । यसअघि नै सोही गिरोहका विष्णु लामा पक्राउ परेका थिए ।

व्युरोकी एसपी मीरा चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुले नेपालका विभिन्न नाकाबाट भारतको दिल्ली पुर्याएर हवाईमार्ग हुँदै युवती ओमन पठाउने गरेको बताएका छन् । ‘यसबापत उनीहरुलाई ओमनको दलालले प्रतिमहिला एक लाख ३० हजार रुपैयाँ दिने गरेको खुलेको छ,’ चौधरीले भनिन् ।

पक्राउ परेकाहरु नेपालमा बसेर वैदेशिक रोजगारीमा जाने प्रयासमा रहेका महिला खोज्ने, उनीहरुलाई राम्रो कामको प्रलोभनमा पारेर ओमन जान राजी गराउने र राहदानी बनाएर भारतको दिल्लीसम्म पठाउन सक्रिय थिए । नागरिक दैनिकका खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी