काठमाडौँ, १४ चैत । एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बङ्गलादेशको शेख कमल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले ब्याटिङ गरेको थियो । पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै नौ विकेटको क्षतिमा १७९ रन बनायो ।
कप्तान ज्ञानेन्द्र मल्ल २ रन, सागर पुन ४ तथा दीपेन्द्रसिंह ऐरी १४ रनमा आउट भएपछि नेपालको इनिङ्स सुनिल धमला र शरद भेषवाकरले सम्हालेका थिए । १२६ बलको सामना गर्दै धमलाले ४३ रनको योगदान दिए । यस्तै भेषवाकरले ५८ बल खेल्दै ३८ रन बनाए । विनोद भण्डारीले २४ तथा आरिफ शेखले १६ रनको योगदान दिए
नियमित कप्तान पारस खड्का यस प्रतियोगितामा अनुपस्थित छन् । प्रमुख तीन बलर शक्ति गौचन, सोमपाल कामी र वसन्त रेग्मी पनि टिममा छैनन् । नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान, बङ्गलादेश र हङ्कङ समावेश छन् । समूह ‘बी’मा भारत, श्रीलङ्का, मलेसिया र हङ्कङ रहेका छन् ।
एसियाली क्रिकेट परिषद् एसिसीको आयोजनामा प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङ्कङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बङ्गलादेश र श्रीलङ्काका २३ वर्ष मुनिका खेलाडीको सहभागिता रहेको छ । रासस
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।