एसिया कपको विशेष तयारी गर्न नेपाली यू–१९ क्रिकेट टोली बंगलादेश प्रस्थान

U-19-cricket-team-nepalकाठमाडौं । मलेसियामा आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि विशेष तयारी गर्न नेपाली यू–१९ क्रिकेट टोली बंगलादेश प्रस्थान गरेको छ । बंगलादेशमा एक साताको अन्तिम तयारी गर्न नेपाली टोली आज अपरान्ह त्यसतर्फ गएको हो ।

नोभेम्बर दोस्रो साताबाट सुरु हुने प्रतियोगिताको लागि दिपेन्द्र सिंह एरीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोली बंगलादेश गएको हो । बंगलादेश भ्रमणको दौरानमा नेपाली टिमले बंगलादेशको यु–१९ टिमसँग तीन मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले क्रिरा शिखा प्रतिस्थानमा तीनवटै अभ्यास खेल खेल्नेछ । नेपालले नोभेम्बर २, ४ र ५ मा बंगलादेशको यु–१९ टिमसँग खेल खेल्नेछ । 

एसिया कपको लागि नेपालले आइतबारमात्र टोलीको घोषणा गरेको थियो । मुख्य प्रशिक्षक विनोद दास र एसीसीका प्रतिनिधि भेन्काटापन्थी राजुको छनोट समितिले ४ वैकल्पिसहित १५ खेलाडी छनोट गरेको हो । नेपाली टोलीमा यू–१९ एसिया कपको छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि जित्ने खेलाडीहरुकै बाहुल्य रहेको छ । क्लोज क्याम्पमा रहेका १९ खेलाडीबाट नेपालले अन्तिम टोलीको घोषणा गरेको हो । 

टेष्ट मान्यता प्राप्त राष्ट्र सम्मलित एसीसी यू–१९ एसिया कपमा आगामी नोभेम्बर ११ बाट १९ सम्म मलेसियामा हुनेछ ।  एसिया कपमा टेष्ट मान्यता राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तानसहित आठ टोलीको सहभागिता रहनेछ । एसोसिएट राष्ट्रमा नेपाल र मलेसिया रहँदा एक टोलीको टुंगो लागेको छैन । एक टोली भने एसिया कप छनोटको वेष्टर्न रिजनको छनोटबाट आउनेछन् ।

नेपाली टोली
दिपेन्द्र सिंह ऐरी (कप्तान)
रोहित कुमार पौडेल
सन्दिप लामिछाने 
सन्दिप सुनार 
प्रनित थापा मगर 
अनिल कुमार शाह 
पवन शर्रफ 
आसिफ शेख 
किशोर महतो 
शाहब आलम 
प्रकाश केसी 
कमल सिंह एरी 
भिम सार्की 
राशिद खान 
जितेन्द्र सिंह 
वैकल्पिक
सुन्दिप जोरा
विक्रम कुमार भुसाल
अंकित सुवेदी
विजय चौधरी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति