एसिया कपका लागि खेलाडी छनोट, को-को परे टिममा ?

काठमाडौं, २९ साउन । मलेसियामा हुने एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ ।Nepal-Cricket-And-icc

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र यु–१९ का प्रशिक्षक विनोद दासले आइतबार २८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको छनोट गरेका हुन् ।

छनोट हुने खेलाडीमा अनिलकुमार साह, किशोर महतो, सन्दिप लामिछाने, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, सन्दीप सुनार, प्रकाश केसी, आसिफ शेख, पवन सरार्फ, रोहितकुमार पौडेल, रिजन ढकाल र प्रनित थापा मगर छन् ।

त्यसैगरी रवीन्द्रजंग शाही, शाहब आलम, अदिल खान, विक्रमकुमार भुसाल, मिनास थापा, सन्दीप जोरा, रासिद खान, हरि चौहान, सुशान्त सिंह थापा, नारद यादव, भीम सार्की, कमल सिंह ऐरी, सुुमित महर्जन, जीतेन्द्रसिंह ठकुरी, अंकित सुवेदी तथा अभिनाश कर्ण छनोटमा परेका छन् ।

आगामी भदौ २३ गतेदेखि हुने उक्त प्रतियोगिताका लागि बन्द प्रशिक्षण भने आगामी भदौ २ गतेदेखि हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति