एयरपोर्टमा पनि देखियो निधि र थापाको वरियता विवाद

 

 

Prachanda-at-Airport-768x460१६ चैत, काठमाडौं । उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाबीचको वरियता विवाद प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेको बेलामा पनि देखिएको छ ।

चीन भ्रमणबाट फर्किएका प्रधानमन्त्री प्रचण्डको स्वागत गर्न सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीत्रय विमलेन्द्र निधि, कमल थापा, कृष्णबहादुर महरालगायत त्रिभुवन विमानस्थल पुगेका थिए ।

स्वागत गर्नेहरुको लहरको पहिलो नम्बरमा कमल थापा थिए । दोस्रोमा निधि र तेस्रोमा महरा थिए । तर निधि कमल थापाको छेउँमा उभिन चाहेनन् । उनले तेस्रो नम्बरमा रहेका कृष्णबहादुर महरालाई तानेर आफू र कमल थापाको बीचमा उभ्याए ।

पत्रकार सम्मेलनमा निधि बसेनन्

Nepal-Ministers-at-Airport-768x460स्वागत गर्ने लाइनमा निधि र थापा सँगै भए पनि प्रधानमन्त्री प्रचण्डको पत्रकार सम्मेलनमा भने निधि अनुपस्थित भए । स्रोतले अनलाइनखबरसँग भन्यो, ‘वरिष्ठताको विवाद आज एयरपोर्टमा पनि देखियो । पत्रकार सम्मेलनमा निधि बसेनन् । उनी तलै बसे ।’

वरियता विवादका कारण प्रधानमन्त्री प्रचण्ड कार्यवाहक प्रधानमन्त्री नतोकी चीन भ्रमणमा गएका थिए ।

प्रधानमन्त्री कार्यालयको वेबसाइटमा भने निधिपछि थापाको नाम उल्लेख छ । यसले के संकेत गर्दछ भने प्रधानमन्त्री प्रचण्डपछि दोस्रो वरियतामा निधि र तेस्रो वरियतामा थापा छन् । चौथो वरियतामा कृष्णबहादुर महराको नाम उल्लेख छ ।

Prachanda-Sita-Dahal-and-Kamal-Thapa-768x460नेपालको ३९ औं प्रधानमन्त्रीको रुपमा गत साउन १९ गते निर्वाचित भएको भोलिपल्टै प्रचण्डले निधि र महरालाई उपप्रधानमन्त्री नियुक्त गरेका थिए । राप्रपा अध्यक्ष थापा भने गत २६ फागुनमा सरकारमा सहभागी भए । त्यसलगत्तै उनले निधिभन्दा आफू वरिष्ठ भएको दाबी गरेका थिए ।

वरियता विवादकै कारण सैनिकमञ्च टुँडिखेलमा आयोजित घोडेजात्रा समारोहमा निधि र थापा दुबै अनुपस्थित थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी