एमाले : सरकारकै कारण डाक्टर केसीको माग पूरा भएन

२७ साउन, काठमाडौं – नेकपा एमालेले अनशनरत डाक्टर गोबिन्द केसीका माग चाँडो सम्वोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

UML-meetingपार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले केसीको माग अनुसार चिकित्सा शिक्षा विधयेक तत्काल पारित गर्न माग गरेको हो ।

‘हाम्रो पार्टीको नेतृत्वको सरकारले चिकित्सा क्षेत्रका सुधारका सम्बन्धमा प्रा. केदारभक्त माथेमा आयोगले दिएका सुझाव र सिफारिसलाई आधार बनाउ“दै तत्कालीन व्यवस्थापिका संसदमा ‘चिकित्सा शिक्षा विधेयक’ टेबुल गरेको यहा“ स्मरणीय छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, हाम्रो पार्टी प्रतिपक्षमा भएको बेला पनि उक्त विधेयक संसदमा प्रस्तुत गरी पारित गर्न पटक–पटक सरकारको ध्यानाकर्षण गर्दै आएको कुरा सबैको जानकारीका लागि सूचित गर्दछौं ।’

सरकार स्वयम्को अकर्मण्यता र दिशाहीनताका कारण आजसम्म पनि उक्त विधेयक पारित हुन नसकेको एमालेको आरोप छ । सरकार र सत्ता गठबन्धनले द्वेध चरित्र देखाएको भन्दै एमालेले गम्भीर आपत्ति प्रकट गरेको छ ।

‘आफ्नो दायित्व पूरा नगर्ने र यस विषयमा नेकपा (एमाले)लाई अनावश्यक लाञ्छित गर्ने कुराप्रति हाम्रो गम्भीर असहमति रहेको छ । तसर्थ, हाम्रो पार्टी छिटोभन्दा छिटो चिकित्सा शिक्षा विधेयक व्यवस्थापिका संसद्मा छलफल गरी पारित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं । विज्ञप्तीमा भनिएको छ, गोविन्द केसी र उहा“का प्रतिनिधिस“ग वार्ता गरी उचित ढंगले समस्याको समाधान गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी