एमाले संसोधन प्रस्तावको विपक्षमा उभिए मधेशमा पाइला टेक्न पाउँदैन : नेता मन्सुर

mansurकाठमाडौं, १२ फागुन । प्रमुख दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य फर्मुल्लाह मन्सुरले संशोधन प्रस्ताव पारित गर्नबाट अब कसैलेपनि रोक्न नसक्ने स्पष्ट पारेका छन्।
बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता मन्सुरले प्रमुख प्रतिपक्षी दलले यो प्रस्तावको विपक्षमा मतदान गरे मधेशमा एमाले पार्टी पूर्ण रुपमा समाप्त हुने चेतावनी दिँदै भने,‘पहिला एमालेले यो प्रस्ताव सदनमा टेबुल गराउन दिन्न भनेकै हो, तर टेबुल भयो, त्यसपछि एमालेले यो प्रस्ताव छलफल गर्न दिन्न भनेकै हो, तर आजबाट छलफल गर्न दिने भनेको छ, अब यो प्रस्तावको पक्षमा एमालेले मत हाल्छ।’
उनले हिजोसम्म राष्ट्रघाती प्रस्ताव भन्ने एमालेले आजबाट छलफल गर्न दिन्छु भन्नुले नै उक्त प्रस्ताव पारित हुने आधार भएको स्पष्ट पारे। उनले थपे,‘एमालेको बुद्धि पलाएको छ, उसले पनि संशोधनको पक्षमा मतदान गर्छ।’
उनले एमालेले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगरे मधेशको भुमिमा पाईला टेक्ने ठाउँ समेत नपाउने चेतावनी दिए। उनले भने,‘एमालेले बाध्य भएर प्रस्तावको पक्षमा मतदान गर्छ।’ उनले मधेशी जनताको राष्ट्रियतामाथि प्रश्न चिन्ह खडा कसैले पनि गर्न नहुने बताए।
उनले दुई तिहाईले संशोधन प्रस्ताव पारित हुने जिकिर गरे। मन्सुरले थपे,‘नेपाली काँग्रेसले पहल गरिरहेको छ, मधेशी जनतालाई मुलधारमा ल्याउनको लागि यो प्रस्ताव ल्याईएको हो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा