एमाले शीर्ष बैठक सम्पन्न, कार्यदल बनाउने जिम्मा दुई नेतालाई

बैठकपछि संक्षिप्त कुरा गर्नुहुँदै स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी एकताबद्ध बनाउने विषयमा गम्भीरतापूर्वक छलफल भएको बताउनुभयो । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच थप एक्लाएक्लै छलफल गरेर सहमतिको खाका तयार गर्ने जिम्मेवारी बैठकले दिएको उहाँले बताउनुभयो । भोली शनिबार पुनः दुबै नेताहरु बसेर कार्यदल गठनको गृहकार्य गर्ने उहाँले जानकारी दिनुभयो ।

नेता भीमबहादुर रावलले समस्या समाधानका लागि कार्यदल गठन गर्ने निर्णय भएको बताउनुभयो । कार्यदलले आवश्यक गृहकार्य गरी समस्या समाधानको पहल लिने उहाँले जानकारी दिनुभयो ।

नेता रघुजी पन्तले पार्टीलाई एकताबद्ध बनाउने विषयमा सौहार्दतापूर्ण ढङ्गले छलफल भएको जानकारी दिनुभयो । बैठकपछि बाहिरिनेक्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै नेता पन्तले कार्यदल बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई जिम्मेवारी दिइएको बताउनुभयो ।

आजको बैठकमा अध्यक्ष ओलीसहित वरिष्ठ नेता नेपाल, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल, भीमबहादुर रावल, गोकर्ण विष्ट, घनश्याम भुषाल, रघुजी पन्त लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित