एमाले विवाद निस्कर्ष नजिक 

काठमाडौ।, असार  ५  गते । नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निस्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताउनुभयो ।

एमाले भित्रको विवादमा दोस्रो पुस्ताका नेताहरुबीच मोटामोटी सहमतिको विन्दु फेला परेमा शीर्ष नेताहरुलाई संवादका लागि पहल गर्ने तयारी नेताहरुको छ । तर दोस्रो तहमै वार्ता अझै सार्थक रुप लिइनसकेकाले सहमतिको प्रयास जारी रहेको बताइएको छ । नेताहरुबीच हिजो विहिबार पनि लामो छलफल भएको थियो । आज शुक्रबार पनि दुई घण्टा बढी समय छलफल भएको छ ।

बैठक सहभागी स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बैठक नियमित र निरन्तर भएपनि निस्कर्षमा पुग्न बाँकी रहेको बताउनुभयो । “दुवै पक्षका नेताहरुको आफ्नो कुरा राख्ने र मिलनविन्दु खोज्ने प्रयास जारी छ, जति सक्दो छिटो निस्कर्षमा पुग्ने प्रयासमा हामी छौं” उहाँले भन्नुभयो । मिलन विन्दु नभेटिएसम्म बैठक जारी राख्ने कुरामा दुवै पक्षका नेताहरुको एक मत रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष केपी शर्मा ओलीले आफू दुई पार्टी ९एमाले र माओवादी केन्द्र० एकताको मितिभन्दा पूर्वअवस्था २०७५ जेठ २ अघिको अवस्थाबाट छलफल गर्न तयार रहेको बताउनु भएपछि सोही अवस्थाबाट पार्टीको छलफल अघि बढाउने तर माओवादी केन्द्र त्याग गरी एमालेमा आएका नेताहरुको सम्बोधनको कार्यनीतिबारे गृहकार्य भइरहेको नेताहरुको भनाई छ ।

त्यस्तै, नेता माधवकुमार नेपालले जेठ २ को अवस्थाबाट अघि बढ्न अध्यक्ष ओली तयार भएमा अन्य विषयमा छलफल गर्न तयार हुने बताउनुभएको थियो । अध्यक्ष ओलीले त्यस अवस्थाबाट छलफल गर्न आफू तयार रहेको तर सर्वोच्च अदालतमा काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा पेश गरिएको हस्ताक्षर फिर्ताको माग उहाँको छ । नेता नेपाल पक्षले सो हस्ताक्षर फिर्ता लिने उपयुक्त वातावरणको खोजी गरिरहेको र त्यही विषयको निराकरण गर्न दोस्रो पुस्ताका नेताहरु सक्रिय हुनुभएको हो ।

बैठकमा विभिन्न कोण र विकल्पबारे छलफल भएपनि ठोस निस्कर्षमा पुग्न अझै नसकिएको स्थायी कमिटी सदस्य नेम्वाङले बताउनुभयो । पार्टी फुटको पक्षमा दुवै पक्ष नरहेकाले केही न केही विकल्पमा पुग्ने लक्ष्यसाथ छलफल भइरहेको उहाँले बताउनुभयो । बैठक सकारात्मक ढङ्गले अघि बढेकाले निस्कर्ष नजिक आफूहरु रहेको उहाँको भनाई छ ।

छलफलमा सहभागी नेता नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले बैठक निरन्तर चलिरहेको र चाँडै केही न केही निकास निस्कनेमा आफू विश्वस्त रहेको बताउनुभयो । बैठकमा विभिन्न कोणबाट छलफल भएपनि ठोस निस्कर्षको आधार भने अझै फेला नपरेको उहाँले बताउनुभयो । नियमित छलफलबाट सहमतिको उपाय निस्कने उहाँले बताउनुभयो ।

दोस्रो पुस्ताका नेताहरुमा अध्यक्ष ओली पक्षबाट नेम्वाङ, नेताहरु विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल बैठकमा सक्रिय हुनुहुन्छ । त्यस्तै नेता नेपाल पक्षबाट घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीमप्रसाद आचार्य छलफलमा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक