एमाले विवाद तत्काल वारपार गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, १५साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा जारी विवादलाई तत्काल वारपार गर्न निर्देशन दिनुभएको छ । पार्टी कार्यालयमा पुगेर महासचिव इश्वर पोख्रेललाई शनिवार बिहान आम कार्यकर्ताले पार्टी मिल्यो वा फूट्यो भन्ने स्पष्ट सन्देश पाउने गरी काम गर्न निर्देशन दिनुभएको स्रोतले जनाएको छ ।

पार्टीमा सहमतिका नाममा कुनै पनि निर्णय हुन नसक्दा सबै कमिटी र कार्यकर्ता क्रोनिक हुँदै गएको निष्कर्ष निकाल्दै अध्यक्ष ओलीले अब दुईदिनभित्र सबै बिषय टुंगो लगाउन निर्देशन दिनुभएको हो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरु सहमतिकै लागि लागिपरिरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘जतिसक्दो चाँडो पार्टीका विवाद समाधान गरौं भनेर हामी दुवै पक्षका साथीहरु छलफलमै छौं । अब एक दुईदिन मै जे हुने हो हुन्छ । कि एकै ठाउँ भइन्छ । एकै ठाउँ हुन नसक्ने साथीहरु बाटो लाग्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित