एमाले र माओवादी मिल्दा खुट्टा नबजार्न ओलीको आग्रह

KP-Oli-2-1_NbayBWLx2Yकाठमाडौं, २१ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी मिल्दा खुट्टा नबजार्न आग्रह गरेका छन् ।

मंगलबार वाम गठबन्धनको साझा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले काँग्रेस नेताप्रति लक्षित गर्दै भने, ‘एमाले र माओवादी केन्द्र मिल्दा पैताला बजार्ने, कपाल लुछ्ने, रुने कराउने किन ?’ वाम तालमेललाई काँग्रेसले अति भयावह ढंगले टिप्पणी गरेको उनले आरोप लगाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले लोकतन्त्र कसैले उपहारमा नल्याएको भन्दै त्यसका लागि आफूहरुले पनि ठूलो भूमिका खेलेको बताए ।

पार्टीहरु एकआपसमा झगडा गरे लोकतन्त्र बलियो नहुने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल