September 15, 2017

एमाले र माओवादी उम्मेदवारसँग २४ घण्टे स्पष्टीकरण

३० भदौ, काठमाडौं : निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रका बाराका दुई उम्मेदवारहरुसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

 

th

आयोगले जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार कृष्ण पौडेल र पर्सौनी गाउँपालिकाको माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार विनोदप्रसाद जैसवालसँग स्पष्टीकरण सोधेको हो ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार एमाले उम्मेदवार कृष्ण पौडेलको नेतृत्वमा पार्टीको निर्वाचन चिहृन अङ्कित टिसर्ट, भेष्ट, टोपी, गम्छा लगाई तोकिएको मापदण्डभन्दा ठूलो आकारको पार्टीको झण्डासहितको र्‍याली निकालेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भेट्टाएपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण पत्रमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता उल्लंघन गरेवापत तपाईंको उम्मेदवारी रद्द गर्न किन नपर्ने हो ? पत्र पाएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन आदेशानुसार अनुरोध छ ।’

यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार जैसवालको नेतृत्वमा शुक्रबार बाराको पर्सौनीमा निर्वाचन चिहृन अंकित टि-सर्ट, भेष्ट, टोपी, गम्छा लगाई मोटरसाइकलसहितको र्‍याली निकालेकाले स्पष्टीकरण सोधिएको छ ।

जैसवालले निर्वाचन आचारसंहिता उल्लंघन गरेको देखिएकाले सो बापत उम्मेदवारी रद्द गर्न किन नपर्ने हो ?’ भन्दै आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने