२ साउन , काठमाडाैं । संघीय समाजवादी फोरम नेपालले प्रमुख तीन दललाई पहिचानविरोधी पार्टीको संज्ञा दिँदै झुठा कुरा गर्दै भ्रम फैलाएर जनताको मत लिइरहेको आरोप लगाएको छ ।पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेको पार्टीको राजनीति समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
फोरम नेपालले सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलाई ‘सम्झौतावादी’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ‘मण्डले र खोक्रो राष्ट्रवादी’को संज्ञा दिएको छ । फोरम नेपालका उपाध्यक्ष रकम चेम्जोङले प्रमुख तीन दललाई पहिचानविरोधी पार्टी रहेको बताउँदै यिनीहरूबाट सचेत हुनुपर्ने निष्कर्ष निकालेको बताए ।
‘कांग्रेस, माओवादी सम्झौतावादी र एमालेको मण्डले एवं खोक्रो राष्ट्रवादले जनताले धोखा पाएका छन्,’ चेम्जोङले राजधानीसँग भने, ‘झुठा कुरा गरेर जनतामा भ्रम फैलाउँदै यिनीहरूले मत लिँदै छन्, शक्ति, सत्ता र पैसाको व्यापक दुरुपयोग गरेका छन् ।’ प्रमुख तीन दलले भ्रम फैलाएकाले स्थानीय तहमा आÏनो पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसकेको संघीय फोरमको निष्कर्ष छ ।
फोरम नेपालका महासचिव रामसहाय यादवले पार्टीका विरोधमा फैलाइएको भ्रम चिर्न नसक्दा अपेक्षाकृत परिणाम ल्याउन नसकेको बताए । २ असोजमा प्रदेश २ मा हुने स्थानीय तहको निर्वाचनमा ती सबै भ्रम चिर्दै राम्रो नतिजा ल्याउन पार्टी आक्रामक रूपमा प्रस्तुत हुने यादवले बताए ।
‘मधेसी, जनजाति आदिवासी, थारूलगायतले गरेको आन्दोलनलाई कमजोर बनाउने, भ्रम फैलाउन र उनीहरूको मत लिने काम प्रमुख दलले गर्दै छन्,’ यादवले राजधानीसँग भने, ‘पार्टीविरुद्ध फैलाइएको आरोप चिर्छांै र यिनीहरूको वास्तविकता जनतामा राख्दै अहिले हामी प्रदेश २ को निर्वाचनको तयारीमा जुट्छौं ।’
मधेस आन्दोलनलाई कमजोर नबनाउन राष्ट्रिय जनता पार्टी नेपालसँग आग्रह गर्दै यादवले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा फोरम नेपाल एउटै गठबन्धन निर्माण गरेर निर्वाचनमा सहभागी हुन तयार रहेको बताए ।
तर राजपा नेपाले संविधान संशोधन, स्थानीय तहको संख्या जनसंख्याको आधारमा वृद्धि गर्नुपर्नेलगायतका माग गर्दै निर्वाचन बहिष्कार गरी आन्दोलनमा रहेको छ । राजपा नेपालसँगै आन्दोलनमा रहेको फोरम नेपालले निर्वाचनलाई पनि संघर्षको अर्को रूप भन्दै आन्दोलन छोडेर निर्वाचनमा सहभागी भएको हो ।
‘राजपा नेपाल र हामीले आन्दोलन सँगै ग¥यौं, हाम्रो पहिलो प्राथमिकता राजपासँगै गठबन्धन निर्माण गरेर निर्वाचनमा सहभागी हुने हो,’ यादवले भने, ‘आन्दोलनलाई कमजोर बनाउन वा मधेसी, आदिवासी जनजाति, थारूविरोधी पार्टीलाई सहयोग पुग्ने काम राजपाले गर्दैन भन्ने विश्वास छ ।’
फोरम नेपालका राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले पार्टीको विरोधमा फैलाइएका सबै प्रकारका भ्रम चिर्दै तेस्रो चरणको निर्वाचनमा सशक्त रूपमा सहभागी हुने बताए । शुक्रबारदेखि सुरु फोरम नेपालको राजनीतिक समिति बैठक आइतबार सम्पन्न हुँदै छ । बैठकमा निर्वाचनको समीक्षासँगै वर्तमान राजनीति र भावी रणनीतिको विषयमा पनि विशेष छलफल हुने सो पार्टीले जनाएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।