एमाले नेता भरतमहोन अधिकारी सिकिस्तःथाइल्याण्ड लगियो

bharat-mohanकाठमाडौँ / पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई उपचारका लागि बुधबार थाइल्याण्ड लगिएको छ । दिसा र पिसाबसम्बन्धी गम्भीर समस्या देखिएपछि चिकित्सकको सल्लाहअनुसार अधिकारीलाई थप उपचारका लागि थाइल्याण्ड लगिएको हो । अधिकारीका स्वकीय सचिव महेश विष्टका अनुसार गत पुस ७ गते दिसा र पिसाब दुवैमा समस्या आएपछि उनलाई तीनकुनेस्थित कान्तिपुर अस्पतालमा भर्ना गरिएको थियो ।

आन्द्रामा र युरिनरी प्रणालीमा गम्भीर समस्या देखिएपछि कान्तिपुर अस्पतालले ८० वर्षीय अधिकारीलाई बल्खुस्थित बयोधा अस्पतालमा सिफारिस गरेको थियो । बयोधा अस्पतालमा आठ दिनसम्म आईसीयूमा राखेर अधिकारीको उपचार भएको थियो । त्यसयता घरैमा रहेर स्वास्थ्य लाभ गरिरहे पनि समस्या झन्–झन् बढिरहेको विष्टले जनाए । विष्टका अनुसार अधिकारीको स्वास्थ्य परीक्षण गर्ने वरिष्ठ चिकित्सक युवराज शर्माले मुलुकबाहिर गएर औषधि उपचार गर्न सल्लाह दिएकाले उनलाई थाइल्याण्ड लगिएको हो । थाइल्याण्डको भेजथानी अस्पतालमा अधिकारीको उपचार हुने छ । अधिकारी लामो समयदेखि मुटु तथा दम रोगबाट पीडित थिए । १९९३ वैशाख २२ गते जन्मिएका अधिकारी ८० वर्षको छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने