एमाले–जसपा सत्ता सहकार्य पक्का

बैशाख ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएका आएको मागप्रति प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेकाले सत्ता सहकार्य हुने भएको हो ।

प्रधानमन्त्री  ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच विहीबार भएको छलफलमा दुई पक्षबीच सहमतिको ढोका खोल्ने समझदारी भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुबै दलले गठन गरेको कार्यदलका सदस्यसमेत सहभागी रहेका थिए । ओली र ठाकुरबीच भएको भेटवार्तापछि कार्यदलको संयुक्त बैठक बसेर अहिलेसम्म भएका प्रगतिका विषयमा छलफल भएको थियो । जसपाका कार्यकारिणी समितिका सदस्यसमेत रहेका वार्ता टोलीका सदस्य लक्ष्मणलाल कर्णले आफूहरुले उठाउँदै आएको माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताए ।

उनले भने, ‘हाम्रा माग सम्बोधन गर्न प्रक्रिया अघि बढेको छ । हाम्रो छलफल सकारात्मक रुपमा अगाडि उडाउने सहमति हामीबीच भएको छ । प्रधानमन्त्री आफैं हाम्रो माग सम्बोधन गर्न निरन्तर लागिरहेको जानकारी प्राप्त भएको छ ।’ यो समाचारराजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा