२९ कात्तिक, गोरखा : एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भएको बताएका छन् ।
निर्वाचनपछि बाम गठबन्धनको सरकार बन्ने भन्दै गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा ओलीले भने, ‘मंसिर १० र २१ गते बुढो रुख ढल्छ । बामपन्थीको आँधी तुफानले रुख भित्रभित्रै खोक्रो भइसकेको छ ।’
गोरखा क्षेत्र नं. २ मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईप्रति लक्षित गर्दै ओलीले बुढा रुखको आडमा सीसा र प्लाष्टिकको आँखा लिएर काम नभएको टिप्पणी गरे । कांग्रेसले बबुरा अध्यक्ष लिएर कुदेको भन्दै ओलीले भने, ‘कांग्रेसप्रति समवेदना व्यक्त गर्न चाहन्छु ।’
‘पहिले रुखको हाँगा भाँचेर हिँड्थे’, ओलीले थपे, ‘अहिले आँखा लिएर हिँड्न मिलेन ! एउटा अध्यक्ष र केही कलाकार भएको पार्टीलाई बोकेर काम छैन ।’
अर्काे प्रसंगमा ओलीले कर्कलोलाई बञ्चरो चलाउनु आवश्यक नरहेको भन्दै बाम गठबन्धनबाट कांग्रेस अत्तालिएको बताए । एमाले अध्यक्ष ओली गोरखामा नारायणकाजी श्रेष्ठको चुनावी अभियानलाई सहयोग गर्न पुगेका हुन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द