एमालेलाई पछ्याउँदै राप्रपाले मेची-काली अभियान चलाउने

२० फागुन, काठमाडौं । आगामी चुनावमा नेकपा एमाले र नेपाली कांग्रेससँग प्रतिस्पर्धा गर्ने रणनीतिमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमालेले जस्तै मेची-महाकाली अभियानको घोषणा गरेको छ ।

Kamal-Thapa-final-650x439

पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकले आगामी चैत ८ देखि १२ गतेसम्म मेचीकाली राष्ट्रिय एकता यात्रा गर्ने निर्णय गरेको केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।

चैत ७ गते एकै दिन झापा, महेन्द्रनगर, काठमाडौं र गोरखा गरी चार टाउँबाट एकता यात्रा सुरु हुने बर्तौलाले बताए । उक्त अभियान चैत १२ गते चितवनमा आइपुगेर टुंगिने राप्रपाको निर्णय छ । साथै केन्द्रीय समितिको बैठकले स्थानीय चुनावको तयारीमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले चुनाव चिन्हबारे टुंगो लगाउँदै हलोको साटो गाईलाई नै रोजेको छ । बहुमत केन्द्रीय सदस्यको चाहना अनुसार राप्रपाको चुनाव चिन्ह गाई रहने भएको बर्तौलाले बताए । यसअघि चुनाव चिन्ह हलो राख्ने कि गाई भन्नेबारे केही नेताहरुको फरक मत देखिएको थियो ।

लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरुले हलोको पक्षमा लविङ गरे पनि बहुमत केन्द्रीय सदस्य गाईको पक्षमा उभिएपछि चुनाव चिन्हबारे निर्णय लिइएको केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए । गत मंसिरमा पार्टी एकता हुनुअघि हलो राप्रपाको र गाई राप्रपा नेपालको चुनाव चिन्ह थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक