नयाँ शक्तिको ‘काउन्टर’ एमालेलाई, समृद्धिको सपना कुनै काल्पनिक सपना होइन:डा. भट्टराई

ओलीको उट्पट्याङ् कुराले देश विखण्डनतिर जाने आरोपBaburam-Bhattarai-Bhairahawa-768x455 Ganga-Devi-and-brbBaburam-Bhattarai-Bhairahawa-2-768x406

११ चैत, भैरहवा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई यतिबेला तराई मधेसको अभियानमा छन् । तीन दिन अघि लाहानबाट सुरु भएको नयाँशक्ति पार्टीको ‘हिमाल पहाड तराई मधेस अभियान’ शुक्रबार भैरहवा आइपुगेको छ ।
एमालेले दुई नम्बर प्रदेशमा मधेसी जनताको विरोधका कारण अभियान सञ्चालन गर्न नसके पनि बाबुरामको सभा कतै पनि अवरोध नभई अघि बढेको छ । यसवीचमा बुधबार र विहीबार सिराहाको लाहान र रौतहटको चन्द्रनिगाहापुरमा सभा सम्पन्न भएका छन् भने शुक्रबार भैरहवामा आमसभा सम्पन्न भएको छ ।
यसक्रममा नयाँ शक्ति पार्टीमा प्रवेश गर्नेहरुको पनि लहर देखिएको नयाँ शक्तिका नेताहरुले बताएका छन् ।

नयाँ शक्तिका नेताहरु बढीजसो एमाले र केपी ओलीको आलोचनामा केन्द्रित देखिएका छन् । उनीहरुको अभियान एक किसिमले एमालेको मेची महाकाली अभियानको ‘काउन्टर’ अभियानजस्तै देखिएको छ ।

‘सुँगुरसँग कुस्ती खेल्नु हुँदैन, खेलियो भने आफैंलाई फोहोर लाग्छ’ उहाँले भन्नुभयो, ‘हामी पुराना पार्टीहरुसँग कुस्ती खेल्न होइन, सुशासन र सदाचारयुक्त समृद्धिको शिखरतिर लम्किने अभियानमा छौं ।’

उहाँले नयाँ शक्तिको परिकल्पना सबैप्रकारको भ्रष्टाचारबाट मुक्त सुशासन र सदाचारयुक्त देश निर्माण भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘नयाँ शक्ति आजभन्दा २५०० वर्ष अघि गौतम बुद्धले विश्वलाई एउटा सन्देश दिएका थिए, आज हामी त्यस्तै अर्को सन्देश दिन उभिएका छौं ।’

नेपालको सन्दर्भमा समृद्धि कुनै काल्पनिक सपना नभएको उल्लेख गर्दै उहाँले हाम्रो जीवनकालमै समृद्धि सम्भव भएको स्पष्ट पार्नुभयो । ‘हामीले ठूलाठूला क्रान्तिहरु गर्यौं, संविधान बनेपछि सबैको सपना थियो कि नेपाल समृद्धिमा पुगोस्,’ उहाँले अगाडि थप्नुभयो, ‘यो कुनै काल्पनिक सपना होइन, नेपाल जस्तो ठाउँ विश्वमा कहिं पनि छैन, नेपालको मानवीय र प्राकृतिक स्रोत सम्पदा हेर्दा यो वास्तविक सपना हो ।’

उहाँले नयाँ शक्ति वैकल्पिक विचारसहितको शक्ति भएको भन्दै देश विदेशमा रहने व्यक्तिहरुको माझ मात्र होइन, संसारले नै नयाँ शक्तिलाई चासोपूर्वक हेरिरहेको बताउनुभयो ।

ओलीको हठले देश विखण्डनतिर जाने आरोपNaya-Shakti-at-Bhairahawa-1

डा.  भट्टराईले संविधान संशोधन हुन नदिने एमालेको अडानले देश बिखण्डन हुने चेतावनी दिएका छन् । उनले असन्तुष्ट पक्षका मागलाई संविधान संशोधनमार्फत् पूरा गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिए ।

बाबुराम भट्टराईले एमालेका केपी ओलीतर्फ संकेत गर्दै भने- ‘बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने तर बुद्धको जन्मस्थानमै बसोबास गर्ने मधेसीहरू विदेशी हुन् भन्ने जस्ता उट्पट्याङ् कुरा गर्नुहुँदैन

नयाँ शक्ति पार्टी रुपन्देहीद्वारा शुक्रबार भैरहवामा आयोजित हिमाल, पहाड मधेस तराई थरुहट एकता अभियानको सभालाई सम्बोधन गर्दै संयोजक भट्टराईले भने, ‘संविधान संशोधन गर्न सकिने दस्तावेज हो । संशोधन गरेर असुन्तष्ट पक्षको मागलाई सम्बोधन गरी देशलाई विकास तर्फ लैजान सकिन्छ तर एमालेले राष्ट्रवादको नारा दिएर संशोधन गर्नैहुन्न भन्ने कसेको अड्डीले देशलाई विखन्डन तर्फ लैजान सक्छ ।’

सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एमालेतर्फ संकेत गर्दै भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने तर बुद्धको जन्मस्थानमै बसोबास गर्नेहरु मधेसी विदेशी हुन् भन्ने जस्ता उट्पट्याङ् कुरा गर्नु हुँदैन ।

Naya-Shakti-at-Bhairahawaडा. भट्टराईले संविधान संशोधन नगर्दा सीके राउत प्रवृत्ति र पृथकतावादीलाई बल पुग्ने भन्दै संविधान संशोधन गरेर चुनावमा जानुपर्ने बताए

संविधान संशोधन गर्नै नदिने भन्ने एमालेको अडानलाई उनले अलोकतान्त्रिकको संज्ञा दिए । संविधान संशोधन गर्न सकिने दस्तावेज भएको बताउँदै भट्टराईले संविधान संशोधन नगर्दा सीके राउत प्रवृत्ति र पृथकतावादीलाई बल पुग्ने बताए । यसले द्वन्द्व बढ्ने र देश बिखन्डनतर्फ जानसक्ने उनले चेतावनी दिए ।

मधेसी, आदिवासी जनजाति लगायतका मागहरुलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै भट्टराईले संविधान संशोधन गरी चुनावमा जानुपर्ने धारणा राखे ।

संघीयताविरुद्ध भ्रम फैलाइएको उल्लेख गर्दै उनले संघीयताले देशलाई झनै मजबुत पार्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने