एमालेमा महासचिवका आकांक्षीलाई खुल्न सकस

काठमाडौं,मंसिर ७, नेकपा एमाले दसौँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुन तीन दिन बाँकी छ। अन्य विभिन्न पदमा फाट्टफुट्ट रूपमा उम्मेदवारी घोषणा भएका छन् तर महासचिव पदका लागि औपचारिक रूपमा कोही आकांक्षी देखिएका छैनन्।
अध्यक्षमा केपी शर्मा ओलीलाई चुनौती दिनेगरी उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गरिसकेका छन्। अध्यक्षपछिको महत्वपूर्ण कार्यकारी पद मानिने महासचिवमा आकांक्षीहरू देखिए पनि खुलेर कोही बोलेका छैनन्। महाधिवेशनमा सबै पदाधिकारी सर्वसम्मत हुने चर्चाले पनि नेताहरूले खुलेर उम्मेदवारी घोषणा गर्न सकेका छैनन्।
हालको एमाले संरचनामा उपमहासचिव रहेका विष्णु पौडेल र घनश्याम भुसाल यसको स्वाभाविक दाबेदार भए पनि भुसालले महासचिवमा खासै रुचि राखेको देखिन्न। यस अर्थमा एमाले–माओवादी एकीकरणपछि बनेको तत्कालीन नेकपामा महासचिव पद सम्हालेका पौडेल अहिले एमाले महासचिवका एक मात्र हकदार देखिएका छन्।
अन्य नेताहरूले पनि भित्रभित्रै महासचिव पदमा आफ्नो दाबी प्रस्तुत गरिरहेकाले पौडेलले सो पद सजिलै पाउने अवस्था देखिन्न। महासचिवका लागि औपचारिक रूपमा पौडेलले पनि उम्मेदवारी घोषणा गरिसकेका छैनन्। ‘अहिले नै यही पद नभनौं, साथीहरूसँग छलफल भइरहेको छ,’ पौडेलले भने। दसौं महाधिवेशनमा एमालेभित्र र बाहिर दुवैतिर उपमहासचिव पौडेललाई महासचिवको बलियो दाबेदारका रूपमा हेरिए पनि अन्य दाबेदारको चर्चा पनि उत्तिकै बढेको छ।
 पौडेल सांगठनिक क्षमतामा अब्बल र पार्टी नेतृत्वदेखि कार्यकर्तासम्मलाई छिट्टै प्रभावमा पार्न सक्ने नेताका रूपमा परिचित छन्। उनी सबैलाई मिलाएर लान र अरूलाई सजिलै सहमतिमा ल्याउन सक्ने तथा नेताहरूसँग सुमधुर सम्बन्ध गाँस्न सक्ने नेता मानिन्छन्।विगतदेखि नै महासचिवको काम गरिरहेका र संगठन विभाग प्रमुखसमेत भएकाले उनका लागि अहिलेको महाधिवेशन सहज हुने एमाले वृत्तमा चर्चा छ।यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत