एमालेको  यो निर्णयका कारण भोली देउवा प्रधानमन्त्री हुन सक्दैनन

UMLकाठमाडौं, जेठ २०– नेकपा एमालेले निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाको बडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेकोमा एमालेले आपत्ति जनाएको छ । एमाले सचिव गोपकर्ण विष्टले आयोगले विधि र प्रक्रियाको बर्खिलाप हुनेगरी निर्णय गरेको दाबी गर्दै सो निर्णय एमालेले कुनै पनि हालतमा स्वीकार नगर्ने बताए ।

‘संविधान विधि र निर्वाचन ऐनले समेत मेल नखाने गरी आयोगले जुन प्रकारको निर्णय गर्यो त्यसले एमालेलाई स्तब्ध बनाएको छ’, विष्टले भने, ‘ यो प्रकारको निर्णयले निर्वाचन आयोगको स्वतन्त्र भूमिकामा समेत प्रश्न चिन्ह खडा भएको छ।’
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणना स्थलको अनाधिकृत कब्जा भएको पुष्टि हुन आएको आयोगले बताएपनि भरतपुरमा त्यस्तो अवस्थै नदेखिएको उनको दाबी थियो ।

यसअघि एमाले स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले पुन मतदान गर्ने निर्णय भए पार्टीले त्यसको प्रतिकार गर्ने बताएका थिए ।
एमालेले १४ गते राती भएको घटनालगत्तै तत्काल पुन मतगणना गर्न आग्रह गर्दै आएको थियो भने सोहि माग पूरा गर्न दवाव दिन पटक पटक संसद अवरुद्ध पार्दै आएको थियो ।
आयोगको निर्णयसँगै एमालेले भोलि प्रधानमन्त्री चयनका लागि बस्ने संसद बैठक पनि अवरुद्ध पार्ने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने