एमालेको युवासंघमा खैलाबैला, विवाद उत्कर्षमा,

काठमाडौँ – नेकपा एमालेको भातृ संगठन युवासंघमा देखिएको विवादको असर Yuva-Sangh-Logo-700एमाले पार्टीभित्रै पुगेको छ । युवासंघमा माधव नेपाल पक्ष र केपी ओलीपक्षबीच पार्टीको विधान कार्यान्वयन गर्ने कि नगर्ने भन्नेमा बिबाद चरम उत्कर्षमा पुगेको छ ।

युवा संघमा रहेका यी दुई गुटबीच विधान र नियमावलीका विषयमा विवाद हुँदा पटकपटक युवासंघको बैठक नै अवरोध हुदै आएको छ ।

युवासंघको विवादको असर एमाले पार्टीमै पर्न थालेको युवा संघका एकजना सचिवालय सदस्यले बताए । ती सदस्यका अनुसार यो विवादले पार्टीमा दुबै पक्षले आ आफ्नो समुहको पक्ष लिने हुँदा विवाद सतहमा आउन थालेको छ ।
१६ महिना अघि युवासंघको अध्यक्ष बनेका राजीव पहारीले आफु अध्यक्ष भएको ६ महिनामा महाधिवेशन गर्ने बचन दिएका थिए । तर, १६ महिनापछि बल्ल केन्द्रीय समितिको बैठक बसाए । बैठक पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गदै विचार, विधान र नीति एउटै भएका कारण एमाले र उसका भातृ संगठनमा कुनै विवाद नरहेको जिकिर गरेका थिए । तर युवासंघको कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गरेको केहिबेरमै युवासंघको बैठक नै स्थगित हुन पुगेको थियो ।

संस्थापन पक्षले पार्टीको विधान र नियमावली नमानेकाले पटक पटक बैठक स्थिगित भएको नेपाल पक्षका एक केन्द्रीय सदस्य बताउँछन् । युवा संघको सचिव क्रान्ति बुर्लाकोटीले भनिन् ‘पार्टीले २०७२ सालमा विघटन गरेको अन्तर जिल्ला अहिले आएर व्युताएकाले विवाद सुरु भएको हो । युवा संघ एमालेको भातृ संगठन भएकाले पार्टीको विचार निति निर्देशन मान्नु यसको दायित्व हो तर बहुमत पक्षले पार्टीको विधि र विधान मिचेर गएकाले आफुहरु विपक्षमा लाग्नु परेको हो ।’
युवा संघका कार्यलय सचिव प्रभावत विक्रम कटुवालले युवा संघ एमालेको भातृ संगठन भएपनि छुटै विधान भएकाले आफ्नो विधान अनुसार चल्ने बताए । ‘ युवा संघले पार्टीको विधान नमान्न पनि सक्छ,’ उनको चेतवनी छ ।

ओली समुहले पार्टीको विधान र निति भन्दा पनि युवा संघको विधान र नीति अनुसार युवा संघ चल्ने बताउदै आएको छ । यदि विधान र निति नियम परिबर्तन गर्ने हो भने कि त विधान सम्मेलन कित महाधिवेशन हुनु पर्ने जिकिर ओली पक्षको छ । तर माधव नेपाल समुहको भने पार्टी नै सबैभन्दा ठूलो भएकाले पार्टीले जारी गरेको निति निर्देशन पालना गरेर जानु पर्ने बताउँदै आएका छन् ।

पटक–पटक माधव नेपाल समुहले बहिष्कार गरेर पनि चार दिन म्म चलेको बैठकले आगामि बैशाख ९ गते देखि १२ गतेसम्म विधान सम्मेलन र महाधिवेशन मकवानपुरको हेटौडामा गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी