March 4, 2017

एमालेको मेची महाकाली अभियानः कसको घरमा कुन नेता बसे

फागुन २१  |  झापा –नेकपा एमालेको आजदेखि झापाको काँकट भित्ताबाट औपचारिक शुरुवात भएको भनिएको मेची महाकाली राष्ट्रिय अभियानमा नेताहरु सम्बन्धित क्षेत्रमा कार्यकर्ताको घरमा बास बसेका छन्, भने केही नेता आफ्नै घरमा पनि बसेका छन् । गृह जिल्ला आएका एमाले अध्यक्ष केपि ओली आफ्नै घरमा बास बसेका छन् । उनको घर झापाको दमक नपा १० मा ढाइ तले घर छ ।

२० गते नै झापा पुगेका एमाले नेताहरु कार्यकर्ताको घरदेखि होटलमा बास बसेका छन् । ओली दुईदिन नै आफ्नो घरमा बास बसेका हुन् ।
एमालेका बरिष्ठ नेता झलनाथ खनाल झापा बसाईको पहिलो दिन झापाका कार्यकर्ता श्रीप्रसाद मैनालीको घरमा बास बसेका थिए । उनीसंग भएका जम्मा चौध जनाको टोली एउटै घरमा बास बसेको उनका स्वकीय सचिव कृष्ण भट्राईले जानकारी दिए । दोस्रो दिनको बास खनालको पहिला इलाम घर भएका हाल झापामा बस्दै आएका विष्णु खतिवडाको घरमा हुने छ । यसले कार्यकर्तामा राम्रो सन्देश गएको कार्यकर्ताहरु बताउँछन् ।

पूर्व प्रधानमन्त्री तथा एमालेका नेता माधव कुमार नेपाल पनि होटल नबसेर कार्यकर्ताका घरमा बास बसेका छन् । पहिलो दिनको बास उनको दमकको गेष्ट हाउसमा भएको थियो । दोस्रो दिनको बास भने एकजना कार्यकर्ताको घरमा बस्ने उनका स्वकीय सचिव नितेश पौडेलले बताए ।
उपाध्यक्ष बामदेव गौतम भने दुबै दिन झापाको बिर्तामोडमा रहेको होलिडे होटलमा बसेका छन् । सबै नेताहरु कार्यकर्ताको घरमा गएर बस्दा गौतम होटलमा बस्नुको कारण भने पार्टीले नै उनलाई होटलमा बस्न भनेको जानकारी उनका सचिवालयले दियो । उनीसंग ११ जनाको टोली रहेको छ ।

अर्का उपाध्यक्ष भीम रावल पनि कार्यकर्ताको घरमा बसेका छन् । उनको बास दमक ११का एमाले कार्यकर्ता नन्दी अधिकारीको घरमा भएको छ ।
महासचिव इश्वर पोख्रेलको बासपनि दमक ११मा रहेको एमाले कायकर्ता भगवान बस्नेतको घरमा भएको छ । सचिव गोकर्ण विष्टको बास पनि एमाले जिल्ला कमिटी सदस्य केन्द्र प्रसाईको घरमा भएको छ । प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्राई आफ्नी बहिनी सुस्मा पौडेलको घरमा बसेका छन् ।

कार्यकर्ताहरु अहिले नेताहरुलाई आफ्नो घरमा बस्न अनुरोध गरेपनि जिल्ला पार्टीले जसको घरमा बस्न भन्यो त्यसको घरमा बस्नु पर्ने नियम बनाएको छ । त्यहि अनुसार नेताहरु बास बस्ने गरेको जिल्ला कमिटि सदस्यले बताए ।
अभियानमा आएका एमालेका युवा स्वयंसेवकहरु लगायत करिब एक हजार नेताकार्यकर्ताहरु जनताको घर घरमा बास बसेका छन् । यी नेता कार्यकर्ताहरुलाई पहिलो दिन काँकड्भिट्टाका विभिन्न होटलमा बास बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक