एमसीसी राजनीतिक अस्त्र, कस्को के स्वार्थ ?

काठमाडौं, १७ पौष । अमेरिकी सहयोगसम्बन्धी एमसीसी ५० करोड डलर बराबरको अनुदान सहयोग हो । यो संसदबाट पारित गर्नुपर्ने हुन्छ । एमसीसी सम्झौता अनुसार संसदबाट पारित विना कार्यान्वयन हुँदैन । तर, नेपालका राजनीतिक दल र नेताहरु एमसीसीको विषयमा विभाजित छन् । यतिसम्मकी सत्ता गठबन्धनका दल र नेता नै यसबारे विभाजित छन् ।

शिर्ष नेताहरुले एमसीसीलाई राजनीतिक अस्त्र बनाउन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी कुनै हालतमा पारित गर्ने पक्षमा छन् । उनले एमसीसी राष्ट्रघाती नभएको माओवादीको महाधिवेशन उदघाटनमा भने । एमसीसी संसदबाट पारित हुने बताए । तर, प्रचण्ड एमसीसीबारे विमति राखिरहेका छन् ।

प्रचण्डले आज राजनीतिक प्रतिवेदनमाथि जवाफ दिने क्रममा रणनीतिक रुपमा अगाडि बढ्नुपर्ने बताए । उनले सत्ता गठबन्धन टुट्न पनि दिन नहुने बताए । यसको अर्थ उनी एमसीसी संसदबाट अगाडि बढाउन चाहँदैनन् । एमसीसी अलमलमा परोस् भन्ने उनको चाहना देखिन्छ । यसबाट सत्ता गठबन्धन पनि जोगिनसक्ने प्रचण्डको बुझाई देखिन्छ । एमसीसी पारित गर्न देउवा अगाडि बढेमा प्रचण्डका सामु समर्थन गर्ने या गठबन्धन तोड्नेबाहेक विकल्प रहँदैन ।

एमसीसी असफल बनाउने प्रचण्डको चाहना देखिएको छ । यसमा सफल भएमा उनी राजनीतिक रुपमा बलियो हुनसक्छन् । एमसीसीबारे सर्वसाधारणमा नकारात्मक धारणा विकास भएको छ । यसको राजनीतिक फाइदा प्रचण्डले लिन खोजिरहेका छन् ।

एमसीसी पारित नगर्ने पक्षमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि उभिएका छन् । उनी एमसीसीको विपक्षमा उभिएर प्रचण्डलाई आश्वस्त बनाउन खोजिरहेका छन् । यसबाट सर्वसाधारणमा लोकप्रीय हुन खोज्दैछन् । अर्कोतर्फ, प्रचण्डसँगको पार्टी एकता वा सहकार्यलाई पनि मजबुत बनाउने माहोल निर्माणमा माधव नेपाल देखिएका छन् । एमसीसी अलमलम भएमा गठबन्धन जोगिने र प्रचण्डसँग चुनावी सहकार्य वा एकताबाट फाइदा लिन सक्ने बुझाई उनमा देखिन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विगतमा एमसीसी पारित गर्न बढेका थिए । तर, उनले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई दोषी देखाएका थिए । यसपटक भने उनी एमसीसीबारे प्रष्ट भएका छैनन् । एमसीसीबारे गठबन्धनको धारणाबाट मात्र निर्णय लिने रणनीतिमा छन् । गठबन्धनले एमसीसी पारित गर्न खोजेमा ओली विरोधमा उत्रने निश्चितप्रायः छ । एमसीसीबारे गठबन्धनमा मतभेद भई संसदमा अगाडि बढाउन खोजे ओली देउवालाई साथ दिने रणनीतिमा छन् । यसबाट सत्ता गठबन्धन टुटाउने र चुनावमा लाभ लिने ओलीको बुझाई देखिन्छ ।

एमसीसी पारित गर्न सके नेपालमा आफ्नो प्रभाव बढ्ने अमेरिकी स्वार्थ देखिन्छ । अर्कोतर्फ, चीनले एमसीसी चाहेको देखिदैन । एमसीसीमा अमेरिका र चीनको आफ्नै फरक स्वार्थ छ । भारत एमसीसीको विपक्षमा छैनन् । एमसीसी चीनलाई चुनौती बन्न सक्ने बुझाई उसमा पनि देखिन्छ । यसकारण एमसीसीमा शक्तिराष्ट्र देखि नेपालका शिर्ष नेताहरुको फरक स्वार्थ लुकेको छ । यसकारण पनि एमसीसी धेरै गिजोलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा