एमबाप्पेको ह्याट्रिक!

फाल्गुन ५ , काठमाडौँ : युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको पहिलो लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ ।

गएराती बार्सिलोनाको घरेलु मैदान क्यामनेउमा सम्पन्न खेलमा पीएसजीले बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । एम्बाप्पेले खेलको ३२, ६५ र ८५औै मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

त्यस्तै मोइज कीनले पीएसजीका लागि खेलको ७०औं मिनेटमा एक गोल गरेका थिए । यस अघि खेलको २७औं मिनेटमा बार्सिलोनाका लागि लियोनेल मेसीले पेनाल्टी गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

आफ्ना स्टार खेलाडी नेइमार बिना खेलेको पीएसजीले पहिलो लिगमा लिएको यस अग्रताका अधारमा बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिने खतरा बढेको छ । अब दोस्रो लिग पीएसजीको घरेलु मैदानमा मार्च १० गते राति हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति