एनसेल प्रकरणः पूर्वमिस नेपाल लिम्बू र नागरिक अगुवाले जलाए सीम (भिडियोसहित)

 

चैत्र – 13 । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई बुझाउन बाँकी रहेको पुँजीगत लाभकर नबुझाएको विरोधमा शनिवार ललितपुरको पाटन दरबार क्षेत्रमा एनसेलको सिम जलाउने कार्यक्रम सम्पन्न भएको छ । नागरिक अभियान नेपालले एनसेलले सरकारलाई बुझाउन बाँकी ३३ अर्ब पुँजीगत लाभकर अविलम्व बुझाउन माग गर्दै विरोधस्वरुप एनसेलका सीम जलाइएको हो

सीम जलाउने कार्यक्रम नागरिक अभियान नेपालको अगुवाइमा भएको हो । नागरिक अभियान गतसाता पनि काठमाडौंको भद्रकालीमा एनसेलको विरोध कार्यक्रम गरेको थियो ।

पाटन दरबार क्षेत्रमा भएको कार्यक्रममा सन् २०१४ की मिस नेपाल सुविन लिम्बू, मानवअधिकारी संस्था ईन्सेकका प्रमुख सुवोधराज प्याकुरेल, नागरिक अभियानका सदस्य हरिराम रिमाल र नयाँ शक्तिका नेता तथा सामाजिक अगुवा निर्मल भट्टराईले सीम जलाए । उनीहरुले सांकेतिक रुपमा बनाएको एनसेलको सिम जलाएका थिए ।ncell-protest-patan-05
ncell-protest-patan-09विरोध कार्यक्रममा बोल्दै नयाँ शक्तिका नेता भट्टराईले राज्यलाई कर तिर्ने दायित्वबाट कुनै पनि संस्थाले उन्मुक्ति नपाउने तर्क गरे । ‘हामीले प्रयोग गर्ने हरेक सामानमा कर तिर्नुपर्छ । मोबाइल होस अथवा मोटर हरेक पाटपुर्जा सबैमा अनिवार्य कर तिर्नुपर्छ, उनले भने –‘तर, एनसेलले कर तिर्दैन । यो सरासर ठगी हो । नेपालमा आएर व्यापार गर्ने, अर्बौ नाफा कमाउने रु यो विश्को कुनैपनि देशमा नहुने घटना हो । यस्तो हुनुमा नालायक नेता र सरकार दोषी छन् ।’
त्यसैगरि कार्यक्रममा बोल्दै पूर्वमिस नेपाल लिम्बूले एनसेलले हरेक नेपालीलाई ठगेको हुनाले सबै युवाले एनसेलको सीम चलाउन बन्द गर्नुपर्ने बताइन् । ‘म एनसेल विरोधि हूँ । अर्बौँ कमाएर कर नतिर्ने कम्पनीको सीम जलाउदाँ मलाई ग्लानी छैन् । ’ उनले भनिन्–‘ म आफूलाई गर्व महशुस गर्छु । किनकि, रेमिट्यान्सले धानेको देशमा आएर अर्बौँ लुट्ने कम्पनीका विरुद्ध सबै नेपालीहरुले यस्तै गर्नुपर्छ ।’

ncell-protest-patan-01
त्यसैगरि कार्यक्रममा बोल्दै ईन्सेकका प्रमुख प्याकुरेलले एनसेलले ३ करोड नेपालीलाई वर्षौदेखि लुट्दै आएको बताए । उनले एनसेलको सीम आफूले नचलाउनेसमेत दाबी गरे । ‘एनसेलले कर तिर्देन भने हामी पनि एनसेलको सीम नचलाउँ । नत्र सबैले एनसेललाई वहिस्कार गरौँ ।’

उनले एनसेलको विकल्पमा आफ्नै देशको सीम प्रयोग गर्न सुझाव दिँदै कर तिराउनका लागि दवाव सिर्जना गर्न आग्रह गरे । उनले भने, ‘एनसेलको विकल्प हाम्रो आफ्नै देशका सीम प्रयोग गरौँ । एनसेललाई दवाव सिर्जना गरौँ ।’

ncell-protest-patan-07प्रदर्शनमा अभियानका सदस्य रिमालले कर नतिर्ने र नतिराउनेविरुद्धको अभियान जारी रहने बताए । उनले भने, ‘अधिकार छ भन्दैमा सरकारले नीतिगत भ्रष्टाचार गर्ने र लाभ उठाउने कार्यमा लाग्छ भने लाखौँ जनता सडकमा उत्रिनेछन् ।’

सरकारले ३३ अर्ब करबाट एनसेललाई मुक्ति दिन खाजेपछि चौतर्फी बिरोध भएको छ । पाटन दरबार क्षेत्रमा भएको कार्यक्रममा विभिन्न पेशाा ब्यावसायमा आवद्ध युवा तथा सामाजिक अगुवाहरुको सहभागिता थियो । उनीहरुले एनसेल र सरकारको नीतिगत भ्रष्टाचार विरोधी नारा लगाउँदै विरोध जनाए । ‘नो ट्याक्स, नो एनसेल, नो डायल, नो रिसिभ ।’ ‘एनसेल ३३ अर्ब तत्काल फिर्ता गर ।’ ‘ ३३ अर्ब ल्याउँ फास्ट ट्रयाक आफै बनाउँ ।’ लेखिएका पम्प्लेट बोकेर विरोधमा उत्रिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका