एनआरएनद्वारा ‘बाढीपिडीत राहत कोष’ स्थापना, ढीपिडीतलाई राहत प्रदान गर्न१ करोड दिने घोषणा

काठमाडौं– बाढीपिडीतलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघले बाढीपिडित राहत कोष स्थापना गरेको छ । बाढीको जोखिममा रहेका हजारौं परिवारलाई तत्कालै उद्दार र आपतकालिन राहतको आबश्यकता परेको भन्दै संघको आइतबार बसेको आकस्मिक बैठकले आपतकालिन सहयोगस्वरुप ’बाढीपिडीत राहत कोष’ स्थापना गरेको हो । 
कोषमा अध्यक्ष शेष घले र जमुना गुरुङको एमआईटी फाउण्डेसनले १ करोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । यस्तै बैठकमा संघका संरक्षक जीवा लामिछाने तथा उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी र सचिव अर्जुन श्रेष्ठले एकएक लाख रुपैयाँ तथा प्रवक्ता रन्जु थापाले ५० हजार रुपैयाँ र कोषाध्यक्ष हिक्मत थापाले ५१ हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् । एक साताभित्र दुई करोड रुपैयाँ जम्मा गरी राहत बितरण थाल्ने संघले जनाएको छ । बिश्वभरी छरिएर रहेका  नेपालीहरुलाई आफ्नो गच्छेले भ्याएसम्म रकम सहयोग गर्न र बिपतको घडीमा मातृभूमी र पिडीत दाजुभाई दिदीबहिनीहरुलाई सहयोगको हात अगाडी बढाउन पनि गैरआवासीय नेपाली संघले अपिल गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने