एड्सको औषधि पत्ता लाग्यो

६ साउन,एजेन्सी । हिन्दु धर्मशास्त्र अनुसार गाईलाई लक्ष्मी मानेर पूजा गरिन्छ । तिथी, श्राद्ध र चाडपर्वमा गाइको गहुँत र गोबरलाई पवित्र मानिन्छ । यो भन्दा पनि संसारकै खतरनाक रोग एचआइभीसमेत निको हुनसक्ने औषधीको खानी गाई नै भएको पुष्टि भएको छ ।

cowअमेरिकी अनुसन्धानकर्ताको अध्ययन अनुसार एचआइभी भ्याक्सिन बनाउनका लागि गाई धेरै उपयोगी हुन सक्ने देखिएको छ । प्रतिरक्षाका हिसाबले गाइले यस्तो विशेष एन्टीबडीज (रक्त प्रोटिन) उत्पादन गर्दछ जसले एचआइभीलाई नष्ट गर्न सक्छ । मिश्रित र ब्याक्टेरियायुक्त पाचन प्रणालीका कारण गाईमा प्रतिरक्षाको क्षमता बढी विकास हुने गर्दछ ।

अमेरिकाको नेशनल इन्स्टिच्युट्स अफ हेल्थले यो जानकारी अत्यन्तै उपयोगी भएको बताएको छ । एचआइभी प्राणघात भाइरसका कारण लाग्छ जसले बिरामीको प्रतिरक्षा प्रणालीलाई ध्वस्त बनाउँछ । एक भ्याक्सिनको माध्यामबाट बिरामीको रोग प्रतिरोधात्मक प्रणालीको विकास गराउन सकिन्छ र मानिसमा पहिलो चरणको एचआइभी संक्रमण निको पार्न सकिने अनुसन्धानकर्ताको दाबी छ ।

अन्तर्राष्ट्रिय एड्स भ्याक्सिन इनिशियटिभ र द स्क्रिप्स रिसर्च इन्स्टिच्युटले गाइको प्रतिरक्षा क्षमताको जाँच सुरु गरेको छ । एक अनुसन्धानकर्ता डाक्टर डेविन सोकले भने, ‘यसको परिणामले हामीलाई अचम्ममा पारेको छ । यस्तो अत्यावश्यक प्रतिरक्षा प्रणाली गाइमा केही हप्तामै विकसित हुन्छ, डाक्टर सोकले भने, मानिसमा भने यस्तो प्रतिरक्षा प्रणाली विकास हुन करिब तीन देखि पाँच वर्ष लाग्छ ।’

नेचर नामक जर्नलमा प्रकाशित नतिजा अनुसार गाइको एन्टीबडिजबाट ४२ दिनमा एचआइभीको असर २० प्रतिशत कम गर्न सकिनेछ । परीक्षणका अनुसार ३ सय ८१ दिनमा यो एन्टिबडिजले ९६ प्रतिशतसम्म एचआइभीको असर कम गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि