April 8, 2020

एक प्रतिशत ब्याजदर घटाउन बैंकहरू सहमत

बैंकिङ क्षेत्रमा ब्याजदर कम्तिमा एक प्रतिशतले घटाउन बैंकरहरू सहमत भएका छन् । आगामी जेठ एक गतेदेखि लागू हुने गरी बैंकहरूले ब्याजदर घटाउने सहमति गरेका हुन् । नेपाल राष्ट्र बैंकले बैंकदर एक प्रतिशतले घटाएपछि बैंकहरूले पनि आधार ब्याजदरमा एक प्रतिशतले घटाउने सहमति गरेका हुन् । आधार ब्याजदर घटाएर ब्याजदर घटेको सूचना भने बुधारबारदेखि नै प्रकाशन गर्ने भएका छन् । कारोबार दैनिकमा खबर छ ।

राष्ट्र बैंकले बैक रेट एक प्रतिशत घटाउँदैमा कर्जाको ब्याजदर घट्ने अवस्था नहुने नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । कर्जाको ब्याजदर घट्नका लागि आधार ब्याजदर घट्नुपर्ने बताउँदै दाहालले भने, “बैंकहरूले वैशाखमा बेस रेट घटाउने र जेठ एक गतेदेखि कर्जाको ब्याजदर घटाउन थाल्ने भनेर संघले निर्णय गरेको छ ।” संघले सबै बैंकहरूलाई वैशाखमा बेस रेट घटाउन सुझाव दिएको उनले बताए । संघले एक प्रतिशतका दर घटाउने भने पनि बैंकले एक प्रतिशतवाट माथि संस्थाको क्षमताअनुसार घटाउनसक्ने अवस्था रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण